२०८३, ६ आश्विन बुधबार

प्रदेश र स्थानीय तह मिलेर अघि बढे मात्रै समृद्धिको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री थापा

प्रदेश र स्थानीय तह मिलेर अघि बढे मात्रै समृद्धिको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री थापा


काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार र स्थानीय तहबीचको बलियो सहकार्य र समन्वयबाट मात्रै नागरिकका आवश्यकता सम्बोधन गर्दै दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताएका छन्।

ललितपुर महानगरपालिकाले बुधबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विकासका काम अघि बढाउनुपर्ने बताए। ‘स्थानीय तह र प्रदेश सरकारबीचको प्रभावकारी सहकार्यबाट मात्र नागरिकका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ,’ उनले भने।

ललितपुरको विकास र समृद्धिका लागि प्रदेश सरकारको निरन्तर साथ, सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको प्रत्यक्ष सरोकार रहेका विकास निर्माण तथा सेवा प्रवाहमा प्रदेश र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए। कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मुख्यमन्त्री थापालाई स्वागत तथा सम्मान गरेका थिए।

सो अवसरमा महानगरको विकास, पूर्वाधार, सेवा प्रवाह तथा आगामी योजनाबारे छलफल भएको थियो। नगर प्रमुख महर्जनले महानगरले सञ्चालन गरेका विकास निर्माण तथा सेवा प्रवाहका कामबारे जानकारी गराउँदै समृद्ध ललितपुर निर्माणका लागि प्रदेश सरकारको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताए।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  १० : १५ बजे

एमाले बैठकमा राजन भट्टराईको जोडः नयाँ पुस्ताले पार्टीमा भविष्य देख्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले पार्टीको आगामी दिशाबारे

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह

ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ

नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ अक्टोबर १० मा

काठमाडौं । नेपालमा प्रोफेसनल कम्ब्याट स्पोर्ट्सलाई नयाँ उचाइ दिने उद्देश्यसहित

न्युयोर्कमा बालेन : गुटेरेस भेटेर राष्ट्रसंघमा सम्बोधन, १७ औँ नम्बरमा पालो

न्युयोर्क । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी