२०८३, ८ कार्तिक आईतबार

प्रदेश र स्थानीय तह मिलेर अघि बढे मात्रै समृद्धिको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री थापा

प्रदेश र स्थानीय तह मिलेर अघि बढे मात्रै समृद्धिको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री थापा


काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार र स्थानीय तहबीचको बलियो सहकार्य र समन्वयबाट मात्रै नागरिकका आवश्यकता सम्बोधन गर्दै दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताएका छन्।

ललितपुर महानगरपालिकाले बुधबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विकासका काम अघि बढाउनुपर्ने बताए। ‘स्थानीय तह र प्रदेश सरकारबीचको प्रभावकारी सहकार्यबाट मात्र नागरिकका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ,’ उनले भने।

ललितपुरको विकास र समृद्धिका लागि प्रदेश सरकारको निरन्तर साथ, सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको प्रत्यक्ष सरोकार रहेका विकास निर्माण तथा सेवा प्रवाहमा प्रदेश र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए। कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मुख्यमन्त्री थापालाई स्वागत तथा सम्मान गरेका थिए।

सो अवसरमा महानगरको विकास, पूर्वाधार, सेवा प्रवाह तथा आगामी योजनाबारे छलफल भएको थियो। नगर प्रमुख महर्जनले महानगरले सञ्चालन गरेका विकास निर्माण तथा सेवा प्रवाहका कामबारे जानकारी गराउँदै समृद्ध ललितपुर निर्माणका लागि प्रदेश सरकारको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताए।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  १० : १५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना