२०८३, ५ कार्तिक बिहीबार

असोज ८ र ९ गते जोखिम हेरेर विद्यालय बन्द गर्न निर्देशन

असोज ८ र ९ गते जोखिम हेरेर विद्यालय बन्द गर्न निर्देशन


काठमाडौं । मौसम प्रतिकूल हुने पूर्वानुमानपछि शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार विद्यालय बन्द गर्न निर्देशन दिएको छ।

मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै भारी वर्षा, बाढी, पहिरो, डुबान, नदी कटान, चट्याङ र हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र चट्याङसहित हावाहुरीको सम्भावना रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यही अवधिमा सञ्चालन हुने परीक्षा पनि जोखिमको अवस्था हेरी आवश्यकताअनुसार स्थगित गर्न सम्बन्धित विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई आग्रह गरेको छ। साथै, सुरक्षित विद्यालय भवनलाई आवश्यक परे अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र पहिरोको जोखिमयुक्त क्षेत्रमा जान नदिन मन्त्रालयले अपिल गरेको छ।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ९ : १५ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा