२०८३, ६ आश्विन बुधबार

महेश बस्नेतको कडा चेतावनी : ‘पार्टीको विवाद मिडियामा होइन, कमिटीमै गरौँ’

महेश बस्नेतको कडा चेतावनी : ‘पार्टीको विवाद मिडियामा होइन, कमिटीमै गरौँ’


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्रको असहमति र विवादलाई मिडिया तथा सामाजिक सञ्जालमा छरपस्ट पार्ने प्रवृत्तिमाथि कडा आपत्ति जनाएका छन्।

केन्द्रीय कमिटी बैठकमा बोल्दै बस्नेतले नेतृत्वमाथि प्रश्न उठाउने नाममा पार्टीकै संस्थागत प्रतिष्ठा कमजोर पार्ने र आन्तरिक मतभेदलाई सार्वजनिक तमासा बनाउने प्रवृत्ति स्वीकार्य नहुने बताए। उनले आलोचना गर्न पाउने अधिकार भए पनि त्यसलाई तथ्य, तर्क र विधिसहित सम्बन्धित पार्टी कमिटीमा राख्नुपर्ने बताए। मिडियामा आन्तरिक विवाद उछालेर पार्टी कमजोर बनाउने प्रवृत्तिले कार्यकर्ताको मनोबल र जनविश्वास दुवैमा असर पार्ने उनको भनाइ थियो।

‘पार्टीको आन्तरिक बहसलाई मिडियाको विषय बनाउने प्रवृत्तिबारे स्पष्ट आचारसंहिता बनाउनुपर्छ र आवश्यकताअनुसार कारबाहीको विषय बनाउनुपर्छ,’ बस्नेतले भने। नेतृत्वको रक्षा गर्नु गलत र नेतृत्वलाई कमजोर पार्नु नै क्रान्तिकारी कदम हो भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले त्यस्तो प्रवृत्तिप्रति सचेत हुन आग्रह गरे। गलत भए नेतृत्वलाई सच्याउने, तर पार्टीलाई सार्वजनिक विवादको अखडा नबनाउने संस्कार आवश्यक रहेको उनको भनाइ थियो।

बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई अस्वीकार गर्नेभन्दा आवश्यक सुझावसहित परिमार्जन गरेर पारित गर्नुपर्ने धारणा राखे। पार्टी पुनर्गठनलाई नेतृत्व परिवर्तनसँग जोड्ने प्रयासप्रति पनि उनले असहमति जनाए। ‘पुनर्गठन भनेको कुर्सी फेरबदल होइन, पार्टी सुधार, संगठन सुदृढीकरण, कार्यशैली परिवर्तन र जनतासँगको सम्बन्ध पुनःस्थापित गर्नु हो,’ उनको भनाइ थियो।

आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै संगठनलाई चुस्त बनाउनुपर्ने भन्दै उनले विचार मिल्ने वामपन्थी शक्तिसँग सहकार्य गरेर गुमेको जनमत फर्काउने रणनीति आवश्यक रहेको बताए। रणनीति र कार्यनीतिबारे अन्तिम बहस गर्ने थलो महाधिवेशन भएको उल्लेख गर्दै बस्नेतले केन्द्रीय कमिटीमा ‘फरक दस्तावेज’का नाममा समानान्तर बहस चलाउनेभन्दा विधान र प्रक्रियाअनुसार फरक मत दर्ज गर्नुपर्ने बताए।

‘रणनीति र कार्यनीतिका विषयमा बहस गर्ने सार्वभौम थलो महाधिवेशन हो। केन्द्रीय कमिटीको बैठकमा फरक दस्तावेज राख्ने होइन, निर्णयमा फरक मत भए विधान र बैठकको कार्यविधिअनुसार राख्नुपर्छ,’ बस्नेतले भने।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ८ : ५६ बजे

न्युयोर्कमा बालेन : गुटेरेस भेटेर राष्ट्रसंघमा सम्बोधन, १७ औँ नम्बरमा पालो

न्युयोर्क । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

प्रदेश र स्थानीय तह मिलेर अघि बढे मात्रै समृद्धिको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री थापा

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार

‘एमाले फुटोस् भन्ने सपना देख्नेहरूको सपना चकनाचुर हुन्छ’ : आरती भण्डारी

काठमाडौं । नेकपा एमालेकी नेतृ आरती भण्डारीले पार्टी विभाजनको प्रतीक्षा

‘अध्यक्षलाई मात्रै दोष नथोपरौँ, एमाले एकढिक्का भएर चुनावमा जाऔँ’ : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले निर्वाचन पराजयको