२०८३, ८ कार्तिक आईतबार

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्


काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार चालकको मृत्यु भइसकेकाले उनको पहिचना र बतनबारे आवश्यक अनुसन्धान भइरहेको छ । 

‘मृतकका आफन्तहरु पनि सम्पर्क आउनुभएको छैन् । हिजो सम्पर्कमा आउनुभएका व्यक्तिहरुपनि आज सम्पर्कविहीन हुनुहुन्छ । हामी निरन्तर अध्ययनमा छौं, आज दिनभरमा पहिचान पत्ता लगाउने छौं,’ सुवेदीले भने । 

जलेका व्यक्तिको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले उनी काभ्रेका २५ वर्षीय दावा लामा रहेको भएपनि दावा लामा भन्ने व्यक्तिले आफू सकुशल रहेको सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानलाई थप तिब्र बनाएको छ ।

सामाजिक संजालमा आफूलाई दावा लामा भन्ने व्यक्तिलाई प्रहरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ बोलाएको साथै बससँग सम्बन्धित व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक आगलागी भएको थियो ।

बसमा आगो लाग्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो । चालकले बोकेको लाइसेन्सका आधारमा प्रहरीले मिडियामा सूचना दिएको थियो तर लाइसेन्स दुरुपयोगको भएको अनुमान गरिएको छ ।

आगलागीमा घाइते भएका चालकको सोमबार साँझ नै कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २०८३, ५ आश्विन मंगलबार  १० : २८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना