काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन आज बिहान ९ बजेदेखि सुरु हुँदैछ।
भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा जारी बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले पार्टी, अध्यक्षको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध र समसामयिक विषयमा धारणा राख्नेछन्। प्रत्येक सदस्यलाई बढीमा तीन मिनेटको समय दिइएको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।
अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै आज केन्द्रीय सदस्यहरूको मनोनयन, विभाग गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठनलगायतका एजेन्डा अघि बढाउने तयारी छ।
यस्तै, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च र अनुशासनसम्बन्धी विषयमा पनि बैठकले निर्णय गर्नेछ।
एमाले स्रोतका अनुसार आज केन्द्रीय सदस्यहरूको मनोनयनसँगै धारणा राख्ने क्रम सुरु हुनेछ भने पोलिटब्युरो, स्थायी कमिटी गठन तथा नेताहरूको जिम्मेवारी बाँडफाँट भोलि गर्ने तयारी छ।







प्रतिक्रिया