२०८३, ८ कार्तिक आईतबार

एमाले केन्द्रीय कमिटी बैठक : आज मनोनयन र नेताहरूको धारणा

एमाले केन्द्रीय कमिटी बैठक : आज मनोनयन र नेताहरूको धारणा


काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन आज बिहान ९ बजेदेखि सुरु हुँदैछ।

भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा जारी बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले पार्टी, अध्यक्षको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध र समसामयिक विषयमा धारणा राख्नेछन्। प्रत्येक सदस्यलाई बढीमा तीन मिनेटको समय दिइएको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै आज केन्द्रीय सदस्यहरूको मनोनयन, विभाग गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठनलगायतका एजेन्डा अघि बढाउने तयारी छ।

यस्तै, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च र अनुशासनसम्बन्धी विषयमा पनि बैठकले निर्णय गर्नेछ।

एमाले स्रोतका अनुसार आज केन्द्रीय सदस्यहरूको मनोनयनसँगै धारणा राख्ने क्रम सुरु हुनेछ भने पोलिटब्युरो, स्थायी कमिटी गठन तथा नेताहरूको जिम्मेवारी बाँडफाँट भोलि गर्ने तयारी छ।

प्रकाशित मिति : २०८३, ५ आश्विन मंगलबार  ९ : ५९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना