२०८३, ९ कार्तिक सोमबार

त्रिपुरेश्वर बसकाण्ड : आगलागीमा घाइते चालकको मृत्यु

त्रिपुरेश्वर बसकाण्ड : आगलागीमा घाइते चालकको मृत्यु


काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

हिजो मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा शरीरको ठूलो भाग जलेका चालकलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएका थिए। उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

मृतकको पहिचान भने अझै खुल्न सकेको छैन। बसबाट भेटिएको लाइसेन्सका आधारमा प्रहरीले सुरुमा मृतकलाई दावा लामा भएको बताए पनि लाइसेन्सधारी दावा लामा आफू सकुशल रहेको खुलेपछि मृतकले अर्कै व्यक्तिको लाइसेन्स प्रयोग गरेको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८३, ५ आश्विन मंगलबार  ९ : ३२ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर