२०८३, ४ आश्विन सोमबार

एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल

एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल गरेको छ । 

पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय समितिमा लैजाने एजेन्डाबारे मात्र छलफल भएको पार्टीका उपमहासचिव लेखराज भट्टले बताए । उनले भने, ‘बैठकले केन्द्रीय समितिमा हुने एजेन्डाका बारेमा छलफल गरेको छ । एजेण्डाहरुमा श्रद्धाञ्जली, अध्यक्षको मन्तव्य, मनोनित गर्ने केन्द्रीय सदस्यहरु त्यसपछि अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल भयो ।’

यसैगरी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य र राजनीतिक प्रतिवेदन पेश गर्ने तथा छलफल गर्ने एजेन्डा रहेको छ । साथै विभिन्न कमिटीमा सदस्यहरु मनोनित गर्ने निर्णय भएको समेत भट्टले बताए । त्यस्तै बैठकले एमाले निर्वाचन समिक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी एकीकृत प्रतिवेदन पारित गरेको छ ।

प्रकाशित मिति : २०८३, ४ आश्विन सोमबार  १२ : ०९ बजे

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग

युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर