२०८३, ३ आश्विन आईतबार

एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक आज, प्रतिवेदनमा जुट्ला सहमति ?

एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक आज, प्रतिवेदनमा जुट्ला सहमति ?


काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा, पुनर्गठन कार्यदलको प्रतिवेदन तथा केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रतिवेदनबारे निष्कर्षमा पुग्न बैठक बस्न लागेको हो।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पुनर्गठन कार्यदलको बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ। कार्यदलमा यसअघि दुईवटा प्रतिवेदन पेस भएकाले तिनलाई समेटेर एउटै प्रतिवेदन तयार गर्ने विषय मुख्य एजेण्डा छ। कार्यदल बैठकपछि दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ।

कार्यदलमा प्रतिवेदनबारे यसअघि समझदारी नजुटेकाले आजको बैठकलाई महत्वका साथ हेरिएको छ। सचिवालय बैठकपछि भोलिदेखि असोज ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्दैछ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन प्रस्तुत गर्ने एमालेले जनाएको छ।

प्रकाशित मिति : २०८३, ३ आश्विन आईतबार  ९ : ४३ बजे

आज रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ

एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक आज, प्रतिवेदनमा जुट्ला सहमति ?

काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक

संविधान दिवस कि औपचारिकताको दिवस ? : अधिवक्ता कमल सापकोटा

टुँडिखेलमा सलामी, मञ्चमा भाषण, साँझ दीप प्रज्वलन तर संविधान संशोधनको

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर