काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १ ले काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई बधाई तथा शुभकामना दिएको छ।
बिजुली बजारस्थित क्रिस्टल पार्टी प्यालेसमा असोज ३ गते आयोजित कार्यक्रममा क्षेत्र नं. १ का नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता थियो।
कार्यक्रममा केसीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइयो। सहभागीहरूले संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन सक्रियताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रमको अध्यक्षता क्षेत्र नं. १ कार्यसमितिका अध्यक्ष विनोदकुमार द्वाडीले गरेका थिए।







प्रतिक्रिया