२०८३, ९ कार्तिक सोमबार

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता घोषणामा मात्र नभई नागरिकले दैनिक जीवनमा त्यसको प्रत्यक्ष अनुभूति गर्न पाउने अवस्थाबाट पुष्टि हुनुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सहज सार्वजनिक सेवा, न्याय–सुरक्षा, रोजगारी, किसानको उत्पादनको उचित मूल्य र विपन्न नागरिकको संरक्षण सुनिश्चित हुनुपर्ने बताए।

मुख्यमन्त्री थापा मगरले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी, युवा पलायन, भ्रष्टाचारप्रतिको चिन्ता र सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासलाई प्रमुख चुनौतीका रूपमा औँल्याए। यी समस्या आरोप–प्रत्यारोपबाट नभई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी कामबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो।

उनले सङ्घीयता बलियो बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार, जिम्मेवारी र स्रोतको उचित सन्तुलन आवश्यक रहेको बताए। प्रदेश सरकारलाई प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी बनाउने, विकास आयोजना समयमै सम्पन्न गर्ने तथा सहकारी पीडित बचतकर्ताको हित संरक्षणलाई प्राथमिकता दिइने उनले बताए।

युवालाई स्वदेशमै अवसर दिन कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि, सीप विकास र उद्यमशीलतालाई प्रोत्साहन गरिने मुख्यमन्त्री थापा मगरले बताए। शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, नागरिक अधिकार र सुशासनलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको उनको भनाइ थियो।

भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको जलप्रलयबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना व्यक्त गरे। प्रभावित क्षेत्रमा सुरक्षित बसोबास, पूर्वाधार पुनर्निर्माण र जीविकोपार्जन पुनःस्थापनाका लागि सङ्घ र स्थानीय तहसँग समन्वय गरी काम अघि बढाइने उनले बताए।

प्रकाशित मिति : २०८३, २ आश्विन शनिबार  १२ : ५९ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर