२०८३, ९ कार्तिक सोमबार

च्यासलबाट ओलीको हुंकार : ‘१० वटा महाभारत लडेर आएको हुँ, यत्तिकै ढल्दिनँ’

च्यासलबाट ओलीको हुंकार : ‘१० वटा महाभारत लडेर आएको हुँ, यत्तिकै ढल्दिनँ’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रयास भइरहेको दाबी गर्दै आफू र एमाले यस्ता दबाबबाट नढल्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शनिबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले आफ्नो राजनीतिक यात्रामा अनेक संघर्ष पार गरेको उल्लेख गर्दै अहिलेको चुनौती पनि सामना गर्ने बताए।

‘केपी ओली मैदानमा छ,’ ओलीले भने, ‘अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए। मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ।’

महाभारतको प्रसङ्ग जोड्दै ओलीले आफू जटिल परिस्थितिमा पनि पछि हट्ने अवस्थामा नरहेको संकेत गरे। उनले आफू एमालेमा छ दशकदेखि रहेको भन्दै पार्टीमाथि चारैतिरबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको बताए।

अध्यक्ष र महासचिवसमेत बाँडफाँट भइसकेको भन्ने समाचारलाई ओलीले अस्वीकार गरे। उनका अनुसार असोज ६ र ७ गते बस्ने केन्द्रीय समिति बैठकले पार्टी एकता र आगामी कामको संकल्पसहित स्पष्ट सन्देश दिनेछ।

‘पार्टीको एकता र गर्नुपर्ने कामको संकल्पसहित असोज ६ र ७ गतेको केन्द्रीय समिति बैठकबाट बाहिर निस्कनेछौँ, सबै हल्लाहरू खण्डन हुनेछ,’ ओलीले भने।

पार्टी विभाजन गराउन खोज्नेहरूको प्रयास सफल नहुने दाबी गर्दै ओलीले कुन्ती मुक्तानको गीतसमेत उद्धृत गरे।

‘एमाले आफ्नो बाटो हिँड्छ, खुट्टा तान्दै गर। म यत्तिकै यहाँ आइपुगेको होइन,’ उनले भने।

प्रकाशित मिति : २०८३, २ आश्विन शनिबार  १२ : ४६ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर