२०८३, १ आश्विन शुक्रबार

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै


काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघचीसहितको प्रतिनिधिमण्डललाई संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्यूयोर्क प्रवेश अनुमति दिएको छ।

बीबीसीका अनुसार, अमेरिकी विदेश मन्त्रालयले बिहीबार इरानी प्रतिनिधिमण्डललाई भिसा दिइएको पुष्टि गरेको हो। महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन आउने इरानी टोलीमा राष्ट्रपति पेजेस्कियान र विदेशमन्त्री अराघचीसमेत रहनेछन्।

तर अमेरिकाले अनुमति दिए पनि इरानी प्रतिनिधिमण्डललाई स्वतन्त्र रूपमा अमेरिका घुमफिर गर्ने सुविधा भने हुने छैन। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार इरानी टोलीमाथि कडा यात्रा प्रतिबन्ध लागू हुनेछ। अमेरिकी पक्षले संयुक्त राष्ट्रसङ्घको आयोजक राष्ट्रका रूपमा इरानी प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुने अवसर दिनुपर्ने दायित्व रहेको जनाएको छ। तर अमेरिकी नीतिअनुसार प्रतिनिधिमण्डलका सदस्यहरूको आवागमन तथा केही वस्तु खरिदमा प्रतिबन्ध कायम रहनेछ।

यसअघि पनि इरानी कूटनीतिज्ञहरूलाई अमेरिकामा रहँदा निश्चित क्षेत्रमा मात्र आवागमन गर्न दिइएको थियो। उनीहरूलाई कस्ट्को जस्ता ठूला होलसेल स्टोरबाट किनमेल गर्नसमेत प्रतिबन्ध लगाइएको थियो।

द्वन्द्व र तनावका बीच इरानी शीर्ष नेतृत्वलाई अमेरिकी भूमिमा प्रवेशको अनुमति दिइनुलाई कूटनीतिक रूपमा चासोका साथ हेरिएको छ। यद्यपि महासभामा सहभागी हुने अनुमति मात्रले अमेरिका–इरान सम्बन्धमा तत्काल सुधार वा द्वन्द्व अन्त्य हुने संकेत भने गर्दैन।

प्रकाशित मिति : २०८३, १ आश्विन शुक्रबार  ११ : ५५ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी