२०८३, ९ कार्तिक सोमबार

विमानस्थलमा थन्किए रसुवा विपद्का राहत सामग्री, सांसद न्यौपानेले उठाए प्रश्न

विमानस्थलमा थन्किए रसुवा विपद्का राहत सामग्री, सांसद न्यौपानेले उठाए प्रश्न


काठमाडौं । रसुवामा भएको विपद्का प्रभावितका लागि विदेशी दातृ निकाय तथा विभिन्न मुलुकबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै लामो समयदेखि थन्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले विमानस्थलको कार्गो निरीक्षणका क्रममा विपद्का लागि ल्याइएका लत्ताकपडालगायत सामग्री सम्बन्धित स्थानमा पठाउन नसकिएको देखेको बताए। उनका अनुसार जीटुजीमार्फत प्राप्त सामग्रीसमेत कार्गोमै रोकिएका छन्। विभिन्न संस्था तथा व्यक्तिले ती सामग्री बुझेर प्रभावित क्षेत्रमा लैजान खोज्दा भन्सारसम्बन्धी प्रक्रिया देखाएर समस्या उत्पन्न हुने गरेको जानकारी आफूले पाएको उनले बताए।

न्यौपानेले विगतमा समेत विदेशबाट विपद्का बेला प्राप्त भएका सामग्री व्यवस्थापन हुन नसक्दा खेर गएको उदाहरण कर्मचारीबाट सुनेको संसद्मा बताए। उनका अनुसार कोरोना महामारीका क्रममा विदेशबाट आएका करिब २० कन्टेनर सामग्रीसमेत उपयोग हुन नसकेको जानकारी आफूले पाएका थिए। राहत सामग्री सम्बन्धित क्षेत्रमा नपठाइनुको कारण माग नआएको भन्ने गरिएकोप्रति उनले प्रश्न उठाए। प्रभावित क्षेत्रमा वास्तवमै आवश्यक सामग्री के–कति छन् भन्ने विषयमा सरकारले तत्काल जानकारी लिनुपर्ने उनको माग छ।

‘माग आएको छैन’ भनेर सामग्री विमानस्थलमै थन्क्याएर राख्न नहुने भन्दै उनले आवश्यकताका आधारमा राहत वितरणको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे। उनले रसुवामा अहिले ती सामग्री आवश्यक नभए पनि अन्य विपद् प्रभावित क्षेत्रका लागि प्रयोग गर्न सकिने भएकाले उचित व्यवस्थापन गर्नुपर्ने बताए।

विपद्का बेला प्रभावित नागरिकलाई आवश्यक पर्ने सामग्री विमानस्थलमा थन्किएर बस्ने र पीडितले राहत नपाउने अवस्था आउन नहुने सांसद न्यौपानेको भनाइ थियो। उनले सरकारलाई रसुवालगायत प्रभावित क्षेत्रमा राहत सामग्रीको तत्काल आवश्यकता मूल्याङ्कन गरी उपयोगमा ल्याउन तथा आवश्यक नभएका सामग्रीलाई पनि उचित रूपमा व्यवस्थापन गर्न आग्रह गरे।

प्रकाशित मिति : २०८३, ३१ भाद्र बिहीबार  २ : १९ बजे

भूमिहीन र सहकारी पीडितको समस्या टुंग्याउने सरकारको दाबी : मन्त्री रावल

चितवन । भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने र सहकारीमा बचत

नवदुर्गा जात्रालाई प्रदेश सरकारको एक लाख, राष्ट्रपतिद्वारा दर्शन

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरस्थित ऐतिहासिक

‘इतिहास, संस्कृति र पहिचान मेटाएर नेपाल बन्दैन’ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको मौलिक

एनपीएलले नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा योगदान पुर्‍याउने : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलकुद मनोरञ्जनमा

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति