२०८३, २४ आश्विन आईतबार

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च


काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको छ। अमेरिकी कंग्रेसको बजेट कार्यालय (सीबीओ) का अनुसार रक्षा मन्त्रालय (पेन्टागन) ले २०२६ अगस्ट १ सम्म उक्त रकम खर्च गरेको हो।

सीबीओले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो खर्च युद्धमा प्रयोग भएका हतियार तथा सैन्य उपकरणको प्रतिस्थापन, लडाइँमा नष्ट भएका सामग्री, सैन्य विमानका अतिरिक्त उडान, अन्य सैन्य अभियान तथा इन्धनमा भएको खर्चका आधारमा गणना गरिएको हो।

यद्यपि, उक्त अनुमानमा संघीय सरकारका अन्य निकायले व्यहोरेका खर्च तथा अमेरिकी सैन्य बलको नियमित सञ्चालनमा हुने खर्च समावेश नगरिएको सीबीओले जनाएको छ।

युद्ध लम्बिँदै गएमा अमेरिकी रक्षा खर्च थप बढ्ने प्रतिवेदनमा उल्लेख छ। द्वन्द्वको तीव्रता न्यून रहेमा थप एक महिनामा करिब २ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ। हिंसा बढेमा मासिक खर्च ३ अर्ब डलरसम्म पुग्न सक्ने तथा द्वन्द्व थप चर्किएमा खर्च अझै बढ्न सक्ने सीबीओको आकलन छ।

सीबीओका अनुसार युद्धको आर्थिक प्रभाव अमेरिकी रक्षा खर्चमा मात्रै सीमित रहने छैन। हर्मुज जलडमरूमध्यबाट हुने तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा कमी र लाल सागरको जलमार्गमा अवरोधका कारण विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित भई मुद्रास्फीतिमा थप दबाब पर्न सक्ने प्रतिवेदनले जनाएको छ।

प्रकाशित मिति : २०८३, ३० भाद्र बुधबार  ४ : २३ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि