२०८३, ३० भाद्र बुधबार

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय


काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ।

बैठकपछि रास्वपा प्रवक्ता जगदीश खरेलले संयन्त्रमा कांग्रेस, एमाले, नेकपा, राप्रपा, श्रम संस्कृति, जसपा नेपाल, जनमत, जनमोर्चालगायत दलको सहभागिता रहने जानकारी दिए।खरेलका अनुसार बाढीपहिरोजस्ता विपद्पछि दिगो विकास निर्माण, विपद् जोखिम न्यूनीकरण तथा समग्र राष्ट्रिय विषयमा समन्वय गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय भएको हो।त्यस्तै, संसद्मा दलहरूको प्राप्त सिट संख्याका आधारमा प्रतिनिधित्व हुने गरी एक साताभित्र सर्वदलीय संसदीय उच्चस्तरीय समिति गठन गर्ने सहमति पनि भएको छ।

त्यसका लागि सभामुख र संसद्समक्ष औपचारिक अनुरोध गर्ने निर्णय गरिएको छ।बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघ महासभा सहभागिताबारे समेत छलफल भएको थियो। नेताहरूले विश्व मञ्चमा नेपालको तर्फबाट जलवायु न्यायको विषयलाई प्रभावकारी रूपमा उठाउन सरकारलाई सुझाव दिएका छन्। खरेलका अनुसार बैठकमा सहभागी राजनीतिक दल तथा शीर्ष नेताहरूले लामिछानेको पहलप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

    प्रकाशित मिति : २०८३, ३० भाद्र बुधबार  ४ : ११ बजे

    इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

    काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

    रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

    काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

    राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

    काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

    चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

    काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला