२०८३, ९ कार्तिक सोमबार

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय


काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ।

बैठकपछि रास्वपा प्रवक्ता जगदीश खरेलले संयन्त्रमा कांग्रेस, एमाले, नेकपा, राप्रपा, श्रम संस्कृति, जसपा नेपाल, जनमत, जनमोर्चालगायत दलको सहभागिता रहने जानकारी दिए।खरेलका अनुसार बाढीपहिरोजस्ता विपद्पछि दिगो विकास निर्माण, विपद् जोखिम न्यूनीकरण तथा समग्र राष्ट्रिय विषयमा समन्वय गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय भएको हो।त्यस्तै, संसद्मा दलहरूको प्राप्त सिट संख्याका आधारमा प्रतिनिधित्व हुने गरी एक साताभित्र सर्वदलीय संसदीय उच्चस्तरीय समिति गठन गर्ने सहमति पनि भएको छ।

त्यसका लागि सभामुख र संसद्समक्ष औपचारिक अनुरोध गर्ने निर्णय गरिएको छ।बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघ महासभा सहभागिताबारे समेत छलफल भएको थियो। नेताहरूले विश्व मञ्चमा नेपालको तर्फबाट जलवायु न्यायको विषयलाई प्रभावकारी रूपमा उठाउन सरकारलाई सुझाव दिएका छन्। खरेलका अनुसार बैठकमा सहभागी राजनीतिक दल तथा शीर्ष नेताहरूले लामिछानेको पहलप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

    प्रकाशित मिति : २०८३, ३० भाद्र बुधबार  ४ : ११ बजे

    भूमिहीन र सहकारी पीडितको समस्या टुंग्याउने सरकारको दाबी : मन्त्री रावल

    चितवन । भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने र सहकारीमा बचत

    नवदुर्गा जात्रालाई प्रदेश सरकारको एक लाख, राष्ट्रपतिद्वारा दर्शन

    भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरस्थित ऐतिहासिक

    ‘इतिहास, संस्कृति र पहिचान मेटाएर नेपाल बन्दैन’ : मुख्यमन्त्री थापा मगर

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको मौलिक

    एनपीएलले नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा योगदान पुर्‍याउने : मुख्यमन्त्री थापा मगर

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलकुद मनोरञ्जनमा

    विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

    इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति