२०८३, ९ कार्तिक सोमबार

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’


काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका प्रमुख सचेतक ऐन महर आक्रोशित बनेका छन्।

मंगलबारको बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलाल बोलिरहेका बेला गृहमन्त्री सुधन गुरुङ सभामुखको आसन र बोलिरहेका सांसदबीचबाट हिँडेको भन्दै महरले कडा आपत्ति जनाए। महरले सत्तापक्षबाटै पटक–पटक संसद्को गरिमा र मर्यादा उल्लङ्घन भइरहेको आरोप लगाए।

‘सत्ता पक्षबाट पटक–पटक यो सदनको गरिमामा आँच आउने व्यवहार भइरहेका छन्,’ महरले भने, ‘के यो सभाको गरिमा र मर्यादा प्रतिपक्षबाट मात्रै अपेक्षा गरिएको हो ?’ उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम ६ उल्लेख गर्दै सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था रहेको स्मरण गराए। ‘यो नियमको उल्लङ्घन गर्दै कहिले गृहमन्त्री, कहिले प्रधानमन्त्री हिँड्नुभएको छ,’ महरले भने, ‘सबैभन्दा बढी त सरकारले यो सभाको गरिमा र मर्यादा राख्नुपर्ने होइन ?’

महरको नियमापत्तिपछि बैठक सञ्चालन गरिरहेकी उपसभामुख रुवीकुमारी ठाकुरले सांसदहरूको ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति : २०८३, २९ भाद्र मंगलबार  ४ : ०१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि