२०८३, १९ आश्विन मंगलबार

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’


काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका प्रमुख सचेतक ऐन महर आक्रोशित बनेका छन्।

मंगलबारको बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलाल बोलिरहेका बेला गृहमन्त्री सुधन गुरुङ सभामुखको आसन र बोलिरहेका सांसदबीचबाट हिँडेको भन्दै महरले कडा आपत्ति जनाए। महरले सत्तापक्षबाटै पटक–पटक संसद्को गरिमा र मर्यादा उल्लङ्घन भइरहेको आरोप लगाए।

‘सत्ता पक्षबाट पटक–पटक यो सदनको गरिमामा आँच आउने व्यवहार भइरहेका छन्,’ महरले भने, ‘के यो सभाको गरिमा र मर्यादा प्रतिपक्षबाट मात्रै अपेक्षा गरिएको हो ?’ उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम ६ उल्लेख गर्दै सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था रहेको स्मरण गराए। ‘यो नियमको उल्लङ्घन गर्दै कहिले गृहमन्त्री, कहिले प्रधानमन्त्री हिँड्नुभएको छ,’ महरले भने, ‘सबैभन्दा बढी त सरकारले यो सभाको गरिमा र मर्यादा राख्नुपर्ने होइन ?’

महरको नियमापत्तिपछि बैठक सञ्चालन गरिरहेकी उपसभामुख रुवीकुमारी ठाकुरले सांसदहरूको ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति : २०८३, २९ भाद्र मंगलबार  ४ : ०१ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि