२०८३, ९ कार्तिक सोमबार

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू


काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउन चेतावनी दिएको छ।

प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले ठूलो विपद्को सामना सरकार एक्लैले गर्न नसक्ने बताइन्। ‘यो विपत्तिको बेलामा एक्लै काफी छु भन्ने घमन्ड नगर्नुस्,’ अर्यालले भनिन्, ‘देश र जनताको माया तपाईँलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन।’

सरकारले कामै नगरेको भन्न खोजिएको नभई अझ बढी र प्रभावकारी काम गर्न सकिने अवस्था रहेको उनको भनाइ थियो। अर्यालले विपद्का बेला सरकारले आवश्यक छलफल र समन्वय नगर्दा क्षति बढेको आरोप लगाइन्। ठूलो विपद् आए आवश्यक परे अन्य मुलुकसँग समेत सहयोग लिन सरकार हिचकिचाउन नहुने उनले बताइन्। उनले विपद् व्यवस्थापनमा सबै पक्षसँग समन्वय र सहकार्य गरेर अघि बढ्न सरकारलाई आग्रह गरिन्

प्रकाशित मिति : २०८३, २९ भाद्र मंगलबार  ३ : ५६ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि