२०८३, २८ भाद्र सोमबार

सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३, विजेतालाई पुरस्कार वितरण

सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३, विजेतालाई पुरस्कार वितरण


भक्तपुर, २९ भदौ । सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३ प्रतियोगितामा अरनिको माध्यमिक विद्यालय टिम च्याम्पियनको उपाधी हात पारेको छ । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले १० स्वर्ण, ६ रजत र २ कास्य पदकसहित टिम च्याम्पियनको उपाधि हात पारेको हो ।

प्रतियोगितामा दधिकोट डोजोले ५ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित दोस्रो भएको छभने ब्लुबर्ड इङ्गलिस स्कुलले २ स्वर्ण, १७ रजत र ५ कास्य पदकसहित तेस्रो भएको छ ।

समापन कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले विजेता अरनिको माविलाई नगद रु। २० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र, दोश्रो हुने दधिकोट डोजोलाई रु। १५ हजार पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्र र तेश्रो हुने ब्लुबर्ड इङ्गलिस स्कुललाई रु. १० हजार पुरस्कार र ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नु भयो ।

प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडी घोषित दधिकोट डोजोका प्रविन तामाङ र उत्कृष्ट महिला खेलाडी घोषित अरनिको माध्यमिक विद्यालयकी पूजा दास श्रेष्ठलाई जनही रु. ५ हजार नगद पुरस्कार प्रदान गरेको छ । उदयमान पुरुष खेलाडीतर्फ दधिकोट डोजोका आदन धोजु र उदयमान महिला खेलाडीतर्फ ई–किट्सकी तेजस्वी सिजखुलाई जनही रु। ३ हजार नगद पुरस्कार पदान गरिएको छ ।

प्रतियोगिताको पुरस्कार वितरण समारोहमा वडाध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिका भित्र उदयमान खेलाडीहरु र बिभिन्न खेलमा आकर्षण बढेको बताउनुभयो ।
कार्यक्रममा नेपाल सितेरियो कराते संघका केन्द्रीय सदस्य राधिका देउला, नेपाल सितेरियो कराते संघ भक्तपुरका अध्यक्ष राजन चित्रकार, सूर्यविनायक नगर सितेरियो कराते संघका अध्यक्ष कृष्णराम ज्याकीलगायत कराते संघसँग आबद्ध विभिन्न पदाधिकारी तथा प्रशिक्षकहरूको सहभागिा रहेको थियो ।

प्रतियोगितामा विभिन्न विद्यालय तथा डोजोबाट गरी १९० जना खेलाडीले प्रतिस्पर्धामा सहभागि भएको बताउदै सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले प्रतियोगिताका सम्पूर्ण विजेता खेलाडीलाई बधाई तथा शुभकामना दिँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सूर्यविनायक नगर सितेरियो कराते संघलगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८३, २८ भाद्र सोमबार  १२ : २३ बजे

सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३, विजेतालाई पुरस्कार वितरण

भक्तपुर, २९ भदौ । सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३ प्रतियोगितामा

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय