२०८३, १९ आश्विन मंगलबार

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा


काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेपिरहेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अन्ततः पदबाट राजीनामा दिएकी छन्।

यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्। यादवको सचिवालयले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको पुष्टि गरेको छ।

पछिल्ला दिनमा बजारमा ग्यासको अभाव बढ्दै गएपछि सरकारको आपूर्ति व्यवस्थापनमाथि प्रश्न उठेको थियो। उपभोक्ताले लामो समयसम्म ग्यास नपाउँदा मन्त्री यादवमाथि समस्या समाधान गर्न नसकेको आरोपसहित आलोचना बढेको थियो।

त्यसैबीच, हिजो बसेको संसदीय समिति बैठकमा मन्त्री यादवले ग्यास अभावको जिम्मेवारी उद्योगीमाथि थोपरेकी थिइन्। उनले मन्त्रालयका कर्मचारीले समेत आफूलाई आवश्यक सहयोग नगरेको गुनासो गरेकी थिइन्।

मन्त्री यादवले उद्योगीहरूलाई कडा कारबाही गर्ने चेतावनी दिँदै लाइसेन्स खारेज गर्नेसम्मको अभिव्यक्ति दिएपछि व्यवसायीहरू थप आक्रोशित बनेका थिए। व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा समेत सम्पर्क गरी मन्त्रीको अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलनमा जाने चेतावनी दिएका थिए।

ग्यास अभाव, उद्योगी–मन्त्रालय विवाद र मन्त्रीको विवादास्पद अभिव्यक्तिबीच यादवको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, २४ भाद्र बिहीबार  २ : ४४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि