२०८३, ९ कार्तिक सोमबार

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग


काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

‘टेक्नो स्ट्यान्ड्स विथ नेपाल’ अभियानअन्तर्गत प्रदान गरिएको उक्त सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)प्रतिको प्रतिबद्धताको महत्वपूर्ण पहल भएको टेक्नो मोबाइल नेपालले जनाएको छ। विपद्को कठिन परिस्थितिमा सरकार तथा सम्बन्धित निकायमार्फत सञ्चालन भइरहेका राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा योगदान पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको कम्पनीको भनाइ छ। यसै क्रममा टेक्नो मोबाइल नेपालका महाप्रबन्धक शंकर मैनालीसहितको टोलीले बुधबार अर्थमन्त्री सोर्निमा वाङ्दीसमक्ष १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै टेक्नो मोबाइल नेपालले नेपाली समाजप्रतिको आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कम्पनीले भनेको छ, “प्राकृतिक विपद्को यस कठिन समयमा प्रभावित नागरिक तथा समुदायसँग एकताबद्ध भएर उभिनु हाम्रो सामाजिक दायित्व हो। टेक्नोको यो योगदान केवल आर्थिक सहयोग मात्र नभई नेपाली जनताप्रतिको हाम्रो ऐक्यबद्धता, संवेदनशीलता र जिम्मेवारीको प्रतिबिम्ब हो।” टेक्नो मोबाइल नेपालले आफ्नो सहयोगबाट बाढीपहिरो प्रभावित नागरिकका लागि तत्काल राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा आवश्यक सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, आगामी दिनमा आवश्यकता र परिस्थितिअनुसार समुदाय तथा राष्ट्रका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २०८३, २४ भाद्र बिहीबार  २ : २९ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि