२०८३, १९ आश्विन मंगलबार

घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य


काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले भदौ २४ गते बालकोटस्थित आफ्नो निवासमा भएको आगजनी घर र सम्पत्ति जलाउने योजनामा मात्र सीमित नरहेको बताएकी छन् ।

बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त निवासमा आफ्नो अनुभूति पुस्तक ‘सपनाको भग्नावशेष’ विमोचन गर्दै शाक्यले आफूहरूलाई नै जलाउने उद्देश्यसहित घटना गराइएको बताइन् ।

‘खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन, केपी ओलीलाई जलाउने नै योजना थियो। यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै एक वर्षको पुण्यतिथि हुन्थ्यो हाम्रो,’ शाक्यले भनिन् ।

उनले जनताको मायाका कारण आफूहरू जीवित रहेको बताउँदै अझै पनि ओलीमाथि विभिन्न आरोप र लाञ्छना लगाउने काम भइरहेको गुनासो गरिन् ।

‘एकमुठी सास रहेसम्म यो देशको सेवा गर्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप–लाञ्छना लगाइरहेका छन्,’ शाक्यले भनिन् ।

शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने दाबी गर्दै ‘खरानी ग्याङ’ आफैँ पतन हुने टिप्पणीसमेत गरिन् । आफूहरूमाथि जति दुःख दिए पनि सामना गर्न तयार रहेको उनको भनाइ थियो ।

उनले आफ्नो पुस्तकमा भदौ २३ गतेदेखि भदौ २४ गतेसम्मका घटनाक्रम र त्यसबिच आफूहरूले भोगेको अवस्थालाई समेटिएको जानकारी दिइन् ।

बालकोटस्थित जलेको घरमै पुस्तक विमोचन गर्दै शाक्यले उक्त घटनालाई स्मरण गरेकी हुन् ।

प्रकाशित मिति : २०८३, २४ भाद्र बिहीबार  ९ : १९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि