२०८३, ९ कार्तिक सोमबार

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)


काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार सहिदसँग नमिलेपछि उद्घाटन कार्यक्रम स्थगित गरिएको छ।

सहिदको वास्तविक स्वरूपसँग प्रतिमाको अनुहार नमिलेको गुनासो आएपछि निर्माण समितिले तत्काल उद्घाटन नगर्ने निर्णय गरेको हो। निर्माण समितिका अनुसार हालको प्रतिमा पुनर्निर्माण गरिनेछ। समितिले एक महिनाभित्र सहिदको अनुहारसँग मिल्ने गरी नयाँ शालिक तयार गर्ने जनाएको छ।

सहिदको सम्झना र सम्मानमा निर्माण गरिएको प्रतिमाको अनुहार नै नमिलेपछि उद्घाटन स्थगित गर्नुपरेको विषयले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ। सहिदको पहिचान र स्वरूपसँग जोडिएको संवेदनशील विषयमा निर्माणपूर्व पर्याप्त ध्यान नदिइएको भन्दै विभिन्न प्रतिक्रिया आएका छन्।

समितिले नयाँ प्रतिमा निर्माण गर्दा सहिदको वास्तविक अनुहार र पहिचानलाई प्राथमिकतामा राखिने जनाएको छ।

प्रकाशित मिति : २०८३, २३ भाद्र बुधबार  १२ : ३४ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि