२०८३, ९ कार्तिक सोमबार

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल


काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र जरेमा रहेका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका रसुवा बाढी प्रभावितसँग भेटघाट गरी उनीहरूको अवस्था तथा आवश्यकताबारे जानकारी लिएका छन् ।

त्यसैगरी, बाढीका कारण प्रभावित तथा अवरुद्ध बनेको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीर क्षेत्रको स्थलगत अवलोकन गरी पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।

सभामुख अर्यालले क्षति पुगेका गल्छी गाउँपालिकास्थित बागेश्वरी माध्यमिक विद्यालय र बैरेनी अस्पताल तथा चरौधीस्थित कृषि सहकारी संस्था र बुद्धि विकास माध्यमिक विद्यालयको समेत स्थलगत निरीक्षण गरे ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित गाउँपालिकाका पदाधिकारीसँग भेट गरी बाढी तथा पहिरोबाट भएको क्षति, हालसम्म सञ्चालन गरिएका खोज तथा उद्धार कार्य, प्रभावितहरूको अवस्था तथा तत्काल आवश्यक राहत र पुनस्र्थापनाका विषयमा छलफल गरेका छन् ।

प्रकाशित मिति : २०८३, २२ भाद्र मंगलबार  १० : ०८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि