२०८३, १९ आश्विन मंगलबार

बी.पी. विचार, राष्ट्रिय राजनीति र कांग्रेसबारे भक्तपुरमा विचार गोष्ठीमा सहभागि हुन काँग्रेस सभापति थापाका आव्हान

बी.पी. विचार, राष्ट्रिय राजनीति र कांग्रेसबारे भक्तपुरमा विचार गोष्ठीमा सहभागि हुन काँग्रेस सभापति थापाका आव्हान


भक्तपुर, २३ भदौ । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले नेपाली कांग्रेसका संस्थापक नेता तथा जननायक बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्ती भव्य रुपमा मनाउने भएको छ ।

आज नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सभापति दूर्लभ थापाले प्रेस विज्ञप्ती जारी गर्दै बुधबार ‘बी.पी. विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठी आयोजना गर्ने र त्यसको तयारी पुरा भएको बताउनुभयो ।

जिल्ला सभापति थापाले बी.पी. कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श तथा वर्तमान राष्ट्रिय राजनीतिको समसामयिक अवस्थाका विषयमा गहन छलफल गर्न गोष्ठी आयोजना गरेको बताउनु भयो ।

जिल्ला सभापति दूर्लभ थापाले भन्नुभयो, “यो गोष्ठी नितान्त नेपाली काँग्रेसको कार्यक्रम हो, यने कुनै गुट वा समूहको भेला वा कार्यक्रम होईन, नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको आधिकारिक कार्यक्रम भएकाले सबै काँगे्रसजनलाई कार्यक्रममा सहभागि आग्रह गर्दछौं ।”

यही भदौ २४ गते बुधबार दिउँसो १ बजे भक्तपुरको राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा आयोजना हुने विचार गोष्ठीमा लोकतन्त्रवादी विचारधारामा विश्वास राख्ने नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उपस्थितिका लागि जिल्ला कार्यसमितिले आह्वान गरेको छ ।

उहाँले बी.पी. कोइरालाको राजनीतिक विचार र वर्तमान राष्ट्रिय राजनीतिको अवस्थामाथि छलफल गरी लोकतान्त्रिक तथा समाजवादी आदर्शलाई समसामयिक सन्दर्भमा अघि बढाउने उद्देश्य रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८३, २२ भाद्र मंगलबार  ७ : ०४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि