२०८३, १९ आश्विन मंगलबार

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी


कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन् पेचिलो बन्दै गएको छ। यहीबीच कांग्रेस नेता रमेश लेखकले महाधिवेशनको प्रक्रिया तत्काल रोक्नुपर्ने धारणा अघि सारेका छन्।

कञ्चनपुरको दोधारा–चाँदनीमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले पार्टीभित्र सहमतिको वातावरण नबनेर महाधिवेशन प्रक्रिया अघि बढे कांग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका हुन्।

लेखकका अनुसार अहिले पनि विवाद समाधानको बाटो बन्द भइसकेको छैन। त्यसका लागि दुवै पक्षले केही समय महाधिवेशनको प्रक्रिया रोक्दै संवादमार्फत साझा निकास खोज्नुपर्ने उनको प्रस्ताव छ।

उनले वर्तमान सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको पनि स्पष्ट पारे। बरु १४औँ महाधिवेशनबाट बनेको संरचनामा रहेका तर विशेष महाधिवेशनमा समेटिन नसकेका नेताहरूलाई पनि केन्द्रीय कार्यसमितिमा समेटेर शक्ति सन्तुलन कायम गर्नुपर्ने उनको भनाइ छ।

लेखकले पार्टीका निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा पनि विभिन्न पक्षको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। सभापति थापाले आफ्नो पक्षको बहुमत कायम राख्न सक्ने भए पनि अन्य समूहबाट समेत प्रतिनिधि राखेर विश्वासको वातावरण बनाउनुपर्ने उनको तर्क छ।

पार्टी एकताका लागि आफूहरूले लामो समयदेखि प्रयास गरिरहेको दाबी गर्दै लेखकले अझै पनि सहमतिको सम्भावना रहेको बताएका छन्। साथै, पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले त्यसको फैसला पर्खेर राजनीतिक निकास खोज्नुपर्ने उनको धारणा छ।

लेखकले कांग्रेस विभाजनको अवस्था आए त्यसको जिम्मेवारी महाधिवेशनको प्रक्रिया सुरु गर्ने पक्षले लिनुपर्ने कडा चेतावनीसमेत दिएका छन्।

यससँगै कांग्रेसभित्रको विवाद अब केवल नेतृत्वको विषयमा सीमित नरही महाधिवेशन कहिले र कुन संरचनाअन्तर्गत गर्ने भन्ने प्रश्नमा समेत केन्द्रित भएको देखिएको छ। एकातिर महाधिवेशन अघि बढाउने तयारी छ भने अर्कोतर्फ त्यसलाई स्थगित गरेर सहमतिको प्रयास गर्नुपर्ने दबाब बढिरहेको छ।

प्रकाशित मिति : २०८३, २० भाद्र आईतबार  ६ : ५४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि