२०८३, १८ आश्विन सोमबार

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’


काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यमा खटिएका प्रहरीलाई प्रहरी महानिरीक्षक (आईजीपी) कार्कीले ‘कुनै कसर बाँकी नराख्न’ कडा निर्देशन दिएका छन्।

शुक्रबार नुवाकोट, रसुवालगायत बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै कार्कीले उद्धार, खोजी, शव व्यवस्थापन तथा राहत वितरणको अवस्थाबारे जानकारी लिए।

उनले विपद्को कठिन अवस्थामा उच्च मनोबलका साथ खटिन र आफ्नो ज्ञान, सीप तथा क्षमताको अधिकतम प्रयोग गर्दै सम्भावित जोखिममा परेकाको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिन निर्देशन दिए।

बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसा तथा दुर्व्यवहार रोक्न विशेष संवेदनशील बन्न पनि उनले प्रहरीलाई निर्देशन दिए।

विपद्को मौका छोपी हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न चनाखो रहन तथा स्थानीय तहसँग समन्वय गरी राहत वितरण पारदर्शी बनाउन कार्कीले जोड दिए।

अनुगमनमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेसहित वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता थियो।

प्रकाशित मिति : २०८३, १९ भाद्र शनिबार  ४ : १८ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय