सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई जात्रा तथा विविध सांस्कृतिक झाँकी सहित भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाछन् । आज भएको उक्त कार्यक्रमबाट संकलन भएको दान तथा सहयोग रकम रसुवा बाढीपीडितको राहतका लागि प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।
नेवाः देय दवुु कमलामाई नगर समितिको आयोजनामा सम्पन्न लाखे नाच तथा सांस्कृतिक कार्यक्रम सिन्धुलीमाढीको २ नम्बर बजारस्थित गोवर्दन बस्त्रालय अगाडिबाट प्रारंभभई १ नम्बर बजार, स्टल, लोकतान्त्रिकचोक र धुराबजार हुँदै कमलामाई नगरपालिका–४ ढुंग्रेवासस्थित कृष्ण मन्दिरमा पुगेर समापन भएको थियो । अघिल्लो वर्षका कार्यक्रमहरु भिमसेन मन्दिर परिसरबाट प्रारंभ हुँदै आएको थियो ।
कार्यक्रममा नेवार समुदायका परम्परागत लाखे नृत्य, रोपाई जात्रा, धिमे नाच तथा विभिन्न मौलिक सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियो । केही समय अगाडि भिमसेन मन्दिर व्यवस्थापन समितिले नेवाः देय दवूको कार्यालय हटाउँदै बाद्यवादनका सामाग्री कब्जामा लिएको थियो ।
वर्षौंदेखि चलि आएको यस ऐतिहासिक परम्पराले नेवार कला, संस्कृति र सामुदायिक एकताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै नेवाः देय दबूको सांगठानिक संरचना सिन्धुलीको स्थानीय तहमासमेत बनेको अबस्थामा सिन्धुलीका नेवार समूदायलाई बिभाजित बनाउनेगरी गरि केही व्यक्तिको स्वार्थमा भिमसेन मन्दिरबाट कार्यालय हटाउन दबाब दिइएको थियो ।
गत साता मात्रै नेवाः देय दबूले सापारु पर्व भव्य रुपमा मनाउँदा अर्को समूहले सानो समूहमा र्याली निकालेको थियो । सिन्धुलीको मधुटारमा भव्य र्यालीसँग सानो समूहको जम्काभेट भएको थियो ।
सँधैभरी आफ्नो कला संस्कृतिको जगेर्ना गर्न सामूहिक रुपमा गतिविधीगर्दै आएका सिन्धुलीका नेवार समूदाय यस वर्षदेखी अलग अलग समूहमा बिभाजित मात्रै भएका छैनन्, सिमित व्यक्तिको स्वार्थले सो समूहमा निराशा थोपरिदिएको विषयले चर्चा पाउन थालेको छ । फोटोहरुः उद्धव कुमार श्रेष्ठ














प्रतिक्रिया