२०८३, ६ कार्तिक शुक्रबार

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 


ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । शुक्रबार साविक विजेतासमेत रहेको सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब उपाधिका लागी प्रसतस्प्रर्धा हुनेछ । 

आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार फाइनल खेल दिउँसो २ बजे हुने छ । प्रतियोगिताको फाइनलमा पुगेका सलहेस युवा क्लब र फिदिम फिदिम स्पोर्टिङ क्लबबिच उपाधि भिडन्त हुने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङलाई २–० गोलअन्तरले हराएर सलहेस युव क्लब फाइनलमा पुगेको हो । यस्तै सेमिफाइनलमा झापा ११ फुटबल क्लबलाई १–० गोलअन्तरले हराएर फिदिम स्पोर्टिङ क्लब फाइनलमा पुगेको हो ।

भदौ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए । फाइनलमा पुगेका सलहेस र फिदिमबाहेक आयोजक ताप्लेजुङ ११, नेपाल पुसिल क्लब, सातदोटबाटो फुटबल क्लब ललितपुर सहभागी भएका थिए । त्यस्तै चित्लाङ फुटबल क्लब काठमाडौँ, भारतको जर्जियन युनाइटेड फुटबल क्लब र झापा ११ फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छन् । ..

प्रकाशित मिति : २०८३, १८ भाद्र शुक्रबार  ९ : ३६ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट