२०८३, १९ आश्विन मंगलबार

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल


नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी पुनस्र्थापना र दीर्घकालीन व्यवस्थापनका विषयमा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेकी छन्।

बिहीबार नुवाकोट पुगेकी मन्त्री रावलले विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका प्रभावित नागरिकको अवस्था, होल्डिङ सेन्टरमा रहेका नागरिकको व्यवस्थापन, अस्थायी तथा स्थायी पुनस्र्थापना र भूमिहीनहरूको दीर्घकालीन व्यवस्थापनलगायत विषयमा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन् ।

छलफलका क्रममा मन्त्री रावलले बाढी प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन तथा पुनस्र्थापनाका लागि संघीय सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।

उनले तत्कालीन राहतसँगै प्रभावित परिवारको सुरक्षित तथा दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् । साथै, होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूको विवरण यथाशीघ्र उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरिन् । 

प्रकाशित मिति : २०८३, १८ भाद्र शुक्रबार  ९ : २९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि