२०८३, ९ कार्तिक सोमबार

भोटेकोशी बाढीको भयावह तस्वीर : १,२५२ शव फेला, ४,२१६ अझै बेपत्ता

भोटेकोशी बाढीको भयावह तस्वीर : १,२५२ शव फेला, ४,२१६ अझै बेपत्ता


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले भयावह मानवीय क्षति निम्त्याएको छ। बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ भने अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार मध्याह्न १२ बजे सार्वजनिक गरेको विवरणले बाढीको क्षतिको गम्भीर तस्वीर देखाएको हो। प्राधिकरणका अनुसार बाढीपछि सबैभन्दा धेरै शव चितवनमा ३५५ जनाको फेला परेको छ। त्यसपछि नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७ र रसुवामा १२७ जनाको शव भेटिएको छ।

त्यस्तै गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन्। ठूलो संख्यामा मानिस बेपत्ता रहेकाले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिइएको छ।

प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी ५ हजार १३५ जना घाइते भएका छन्।

प्राधिकरणको पछिल्लो विवरणअनुसार फेला परेका शवको संख्यामा चितवन सबैभन्दा अगाडि छ।

जिल्लागत रूपमा फेला परेका शव :

  • चितवन — ३५५
  • नवलपरासी पूर्व — २१८
  • नवलपरासी पश्चिम — २०८
  • नुवाकोट — १७७
  • रसुवा — १२७
  • गोरखा — ६९
  • धादिङ — ६०
  • तनहुँ — ३८

हजारौँ मानिस अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धारको क्रममा मृतकको संख्या बढ्न सक्ने देखिएको छ।

बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार, घाइतेको उपचार तथा राहत वितरणलाई प्राथमिकतामा राखिएको छ।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  १२ : ३२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि