२०८३, १८ आश्विन सोमबार

नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित


काठमाडौं । चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ । हाल जिल्लाको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ भने आपूर्ति स्थिरता र भोल्टेजको गुणस्तरमा समेत सुधार भएको जनाइएको छ ।

हालै चार्ज गरिएका क्षेत्रमा विदुर–६, विदुर–१२ का बाँकी क्षेत्र, विदुर–३ को करिब आधा भाग, तारकेश्वर गाउँपालिकाका वडा नं. १, २, ३, ५ र ६ तथा बेलकोटगढी–७ रहेका छन् । यससँगै थप ३१ वटा ट्रान्सफर्मरसमेत चार्ज गरिएको छ ।

विद्युत् आपूर्ति अझै पुनःस्थापित हुन बाँकी क्षेत्रमा विदुर–३ को बाँकी आधा भाग, तारकेश्वर–४, किस्पाङ गाउँपालिका, बेलकोटगढी–८ र विदुर–१० रहेका छन् । ती क्षेत्रमा पनि चार्जिङ तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम जारी रहेको बताइएको छ ।

नुवाकोटमा विद्युत् आपूर्तिका लागि विभिन्न ६६ केभी प्रसारण मार्ग सञ्चालनमा छन्। ६६ केभी चपली–देवीघाट–१ सर्किटमार्फत त्रिशूली नदी पार गरी विदुरको करिब आधा क्षेत्र तथा किस्पाङतर्फ विद्युत् आपूर्ति हुँदै आएको छ । त्यस्तै, ६६ केभी चपली–देवीघाट–२ बाट विदुरको अधिकांश भाग, बट्टार तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ ।

६६ केभी बालाजु–त्रिशूली–१ मार्फत कालिका सबस्टेशन हुँदै रसुवाको धुन्चे, नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकातर्फ विद्युत् आपूर्ति भइरहेको छ। ६६ केभी बालाजु–त्रिशूली–२ बाट चौघडा सबस्टेशनको सम्पूर्ण क्षेत्र तथा समुन्द्रटार सबस्टेशन क्षेत्रतर्फ विद्युत् आपूर्ति भइरहेको छ । विद्युत् प्रणालीको करिब ९० प्रतिशत हिस्सा पुनःस्थापित भएसँगै नुवाकोटमा आपूर्ति अवस्था पहिलेको तुलनामा स्थिर र भरपर्दो बनेको छ । 

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  १२ : २८ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय