२०८३, १७ भाद्र बिहीबार

रोशीमा प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा तालाबन्दी गरेपछि कर्मचारी हाजिरविहीन

रोशीमा प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा तालाबन्दी गरेपछि कर्मचारी हाजिरविहीन


काभ्रे । प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा तालाबन्दी गरेपछि कर्मचारी हाजिरविहीन भएका छन् ।
रोशी गाउँपालिकामा करार कर्मचारीको सेवा नवीकरणको विषयलाई लिएर विवाद चर्किएपछि प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीले गाउँपालिका अध्यक्ष दिनेश लामासँगको परामर्शमा प्रमुख प्रशासकीय कक्षमा ताला लगाइदिएपछि त्यहाँ कार्यरत कर्मचारीहरू हाजिरविहीन भएका हुन् । एउटै आर्थिक वर्षमा दुईथरी निर्णय गरी कर्मचारीहरूको भविष्य खेलवाड गर्दै आफ्नै कार्यकक्षमा तालाबन्दी गरी प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी बेपत्ता भएका छन् ।

रोशी गाउँ कार्यपालिकाको २०८३ साउन २१ गते बिहीबार बसेको बैठकले पालिका, वडा कार्यालय तथा स्वास्थ्य चौकीमा स्वीकृत दरबन्दीमा कार्यरत करार कर्मचारीहरूको आर्थिक वर्ष २०८३/०८४ का लागि करार नवीकरण गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयविपरीत प्रशासन, प्राविधिक, कम्प्युटर अपरेटर तथा स्वास्थ्य सेवाका चौथो र पाँचौँ तहमा कार्यरत गरी २६ जना कर्मचारीको करार नवीकरण नगर्ने व्यहोराको पत्र कार्यालय समयको अन्त्यतिर बुझ्न कर्मचारीहरूलाई बोलाइएको थियो। केही कर्मचारीको मात्र करार नवीकरण नगर्ने निर्णयपछि भने गाउँपालिकाको नेतृत्वमाथि राजनीतिक दबाब परेको र त्यसैको प्रभावमा सोमबार पुनः कार्यपालिका बैठक बोलाएर निर्णय सच्याएको गाउँपालिका स्रोतले बताएको छ ।

स्रोतका अनुसार पुनःबसेको बैठकबाट प्रशासन सेवाअन्तर्गतका केही करार कर्मचारीलाई कम्प्युटर अपरेटर पदमा मिलान गरी करारलाई निरन्तरता दिने गरी निर्णय गरिएको छ। यो स्थानीय प्रशासन नियमवली विपरीत छ । तर यो निर्णय पनि प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीको प्रत्यक्ष संलग्नतामा भएको हो । नेगी स्थानीय तहको कानुन कार्यान्वयन गराउनु भन्दा कांग्रेसका नेता–कार्यकर्ताहरूको आदेशपालक भएको एक जनप्रतिनिधिले बताए । अहिले गाउँपालिकाको कर्मचारी व्यवस्थापनमा राजनीतिक हस्तक्षेप भएको देखिन्छ । एउटै आर्थिक वर्षमा स्वीकृत दरबन्दीमा रहेका करार कर्मचारीको सेवा नवीकरण गर्ने निर्णय गरिसकेपछि केही कर्मचारीलाई मात्र करार नवीकरण नगर्ने र पुनः केहीलाई पद मिलान गरेर निरन्तरता दिने प्रयास भएपछि गाउँपालिकाको निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ । कर्मचारीहरूले आफूहरूलाई स्पष्ट आधार र मापदण्डबिना हटाउन खोजिएको आरोप लगाएका छन्। उनीहरूले करार नवीकरणको निर्णय पारदर्शी, समान र कानुनसम्मत हुनुपर्ने माग गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीले नै कार्यालयमा तालाबन्दी गरेपछि नियमित प्रशासनिक कामकाज प्रभावित भएको छ भने कर्मचारीहरू अन्योलमा परेका छन् । यो बारेमा नेगीलाई फोन गर्न सम्पर्क उनी सम्पर्कमा आएनन्
यसैबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, सहायक लेखा अधिकृत छैटौँ तहका विक्रम बस्नेत तथा लेखापरीक्षण अधिकृत छैटौँ तहकी चन्द्रवती श्रेष्ठसमेत कार्यालयमा नरहेको गाउँपालिका स्रोतले बताएको छ ।
कार्यालय प्रमुख तथा सम्बन्धित अधिकारीहरू कार्यालयमा उपस्थित नरहेको अवस्थामा कर्मचारीको हाजिरी, करार नवीकरण र प्रशासनिक निर्णय कार्यान्वयनको विषय झन् पेचिलो बनेको छ ।

करार कर्मचारी नवीकरणको निर्णय, त्यसपछि २६ जनालाई हटाउने पत्र र पुनः केही कर्मचारीलाई पद मिलान गरी निरन्तरता दिन खोजिएको विषयमा गाउँपालिकाको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन । रोशी गाउँपालिकामा कर्मचारी व्यवस्थापनसम्बन्धी निर्णय कानुनी मापदण्डका आधारमा भएको हो वा राजनीतिक दबाबमा फेरबदल गर्न खोजिएको हो भन्ने प्रश्न अहिले मुख्य बनेको छ ।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  ११ : १७ बजे

भोटेकोशी बाढीको भयावह तस्वीर : १,२५२ शव फेला, ४,२१६ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले भयावह मानवीय क्षति निम्त्याएको

नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

काठमाडौं । चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको

सुनको भाउ फेरि तीन लाख माथि, एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि तीन लाख रुपैयाँभन्दा माथि

रोशीमा प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा तालाबन्दी गरेपछि कर्मचारी हाजिरविहीन

काभ्रे । प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा तालाबन्दी गरेपछि कर्मचारी हाजिरविहीन