२०८३, १९ आश्विन मंगलबार

चार संसदीय समितिको बैठक बस्दै, बाढी र विशेष सेवा विधेयकदेखि पूर्वाधारसम्म छलफल

चार संसदीय समितिको बैठक बस्दै, बाढी र विशेष सेवा विधेयकदेखि पूर्वाधारसम्म छलफल


काठमाडौं । संघीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ। विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो।

बिहीबार बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिनेछ।

यस्तै, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा विपद् व्यवस्थापनका विषयमा छलफल हुनेछ।

पूर्वाधार विकास समितिको बैठक भने बिहान १० बजे बस्नेछ। बैठकमा प्राकृतिक प्रकोपका कारण पूर्वाधार क्षेत्रमा परेको असरका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

चारवटै समितिका बैठकमा समसामयिक तथा जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुने भएकाले आजको संसदीय गतिविधिलाई चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  ९ : ११ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि