२०८३, १९ आश्विन मंगलबार

सुरुङ उद्धारको प्रविधि विश्वमै छैन भन्ने प्रधानमन्त्रीको दाबी गलत : विज्ञ

सुरुङ उद्धारको प्रविधि विश्वमै छैन भन्ने प्रधानमन्त्रीको दाबी गलत : विज्ञ


काठमाडौं । बाढी र हिलोमाटोले थुनिएका सुरुङबाट मानिसको उद्धार गर्ने प्रविधि तथा विशेषज्ञता विश्वमै नभएको प्रधानमन्त्री बालेन्द्र शाहको दाबीलाई विज्ञहरूले गलत बताएका छन्।

इन्जिनियरिङ जियोलोजिस्ट सुवासचन्द्र सुनुवारका अनुसार यस्तो उद्धार जटिल र समय लाग्ने भए पनि विश्वका विभिन्न मुलुकमा आधुनिक प्रविधिको प्रयोगबाट सफल उद्धार भएका उदाहरण छन्। उनले सन् २०१२ मा पेरुमा सुरुङमा फसेका नौ जना श्रमिकलाई माथिबाट बोरिङ मेसिन प्रयोग गरी उद्धार गरिएको उदाहरण दिए।

भारतको तपोवन र सिल्क्यारा सुरुङ दुर्घटनामा पनि ठाडो ड्रिलिङ, पाइप ज्याकिङ र अन्य प्रविधिको प्रयोगबाट उद्धार गरिएको थियो। चीनसँग मोबाइल डिवाटरिङ पम्प र माइक्रो टीबीएमजस्ता आधुनिक उपकरणसमेत उपलब्ध रहेको विज्ञहरूको भनाइ छ।

जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेले हिलो भरिएको सुरुङबाट उद्धार गर्ने प्रविधि विश्वमै नभएको भन्नु गलत भएको बताए। उनका अनुसार आधुनिक उपकरण तथा विदेशी विशेषज्ञ परिचालन गर्न सके उद्धार प्रक्रिया छिटो बनाउन सकिन्छ।

नेपाल इन्जिनियरिङ एसोसियसनका अध्यक्ष सुवासचन्द्र बरालले समयमै नेपाल तथा विदेशका विज्ञ र उपकरण परिचालन गर्न नसक्नु सरकारको कमजोरी भएको बताएका छन्।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  ८ : ५९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि