काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सचिवालय बैठक बोलाएका छन्।
रास्वपा केन्द्रीय कार्यालय वनस्थलीस्थित ‘घन्टीघर’मा बिहान १० बजे बैठक बस्ने गरी सभापति लामिछानेले बैठक आह्वान गरेका हुन्। बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषय तथा आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ।
पार्टीभित्र पछिल्लो समय देखिएका राजनीतिक गतिविधि र आगामी कार्यदिशाबारे बैठकमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ। बैठकका निर्णय तथा छलफलका विषयबारे भने बैठकपछि मात्रै थप जानकारी आउने बताइएको छ।







प्रतिक्रिया