२०८३, ९ कार्तिक सोमबार

रसुवा बाढी : खोज, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन

रसुवा बाढी : खोज, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन


काठमाडौं । रसुवा जिल्लामा आएको विनाशकारी बाढीप्रति प्रतिनिधि सभाले गम्भीर चासो व्यक्त गर्दै खोज, उद्धार तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ।

सभामुख डीपी अर्यालले बैठकमा प्रस्तुत गरेको विशेष प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मत रूपमा पारित गर्दै विपत्तिको समयमा तीनवटै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा राज्यका सम्पूर्ण संयन्त्रबीच प्रभावकारी समन्वय कायम गर्न आग्रह गरेको हो।

प्रस्तावमार्फत बाढीबाट प्रभावित तथा विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्न, घरबारविहीनहरूको पुनर्स्थापना गर्न र घाइतेको उचित तथा शीघ्र उपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको छ।

सभामुख अर्यालले विपत्तिका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

राष्ट्रिय शोकको यस घडीमा राजनीतिक मतभेदभन्दा माथि उठेर विपद् प्रभावितको उद्धार र पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने सन्देश प्रतिनिधि सभाको विशेष प्रस्तावले दिएको छ।

प्रकाशित मिति : २०८३, १६ भाद्र बुधबार  ४ : १० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि