२०८३, ९ कार्तिक सोमबार

भोटेकोशी विपत्तिको कारण खोज्नुपर्नेमा सांसद थापाको जोड

भोटेकोशी विपत्तिको कारण खोज्नुपर्नेमा सांसद थापाको जोड


काठमाडौं । नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले भदौ १० गतेको भोटेकोशी क्षेत्रको विनाशकारी बाढीपहिरोलाई केवल प्राकृतिक विपत्तिका रूपमा मात्र नहेरी त्यसका पछाडि रहेका सम्भावित मानवीय कारणसमेत पहिचान गर्नुपर्ने बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले विपत्तिले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै घटनाको वस्तुगत अध्ययन र वैज्ञानिक विश्लेषण आवश्यक रहेको बताए।

उनले भदौ १० गतेको घटना प्राकृतिक रूपमा उत्पन्न भएको विनाश हो वा मानवीय गतिविधिका कारण थप गम्भीर बनेको दुर्घटना हो भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताए। उनका अनुसार घटनाको वास्तविक कारण पहिचान गर्न सके मात्रै आगामी दिनमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ।

थापाले पछिल्ला विपद्का घटनालाई जलवायु परिवर्तनसँग समेत जोडेर हेर्नुपर्ने धारणा राखे। विश्वव्यापी तापक्रम वृद्धि, हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम र वातावरणीय असन्तुलनले नेपालजस्ता हिमाली मुलुकमा बाढीपहिरोको जोखिम बढाउन सक्ने उनले बताए।

औद्योगिक तथा यातायात क्षेत्रमा पेट्रोलियम पदार्थ, कोइला र ग्यासको अत्यधिक प्रयोगबाट हरितगृह ग्यास उत्सर्जन बढिरहेको उल्लेख गर्दै उनले यसको प्रभाव विश्वभर देखिन थालेको बताए।

त्यस्तै, वन विनाशले वातावरणीय असन्तुलन बढाउने भएकाले वन संरक्षण र जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

थापाले भदौ १० को विपत्तिबाट पाठ सिकेर भविष्यमा जोखिम पहिचान, पूर्वतयारी र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। विपत्तिपछि राहत र उद्धारसँगै त्यसको कारण र जोखिमका पक्षमा समेत गम्भीर अध्ययन हुनुपर्ने उनले बताए।

प्रकाशित मिति : २०८३, १६ भाद्र बुधबार  ४ : ०१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि