२०८३, ९ कार्तिक सोमबार

रास्वपा सभापति रवि लामिछाने र चिनियाँ राजदूतबीच भेट, भोटेकोशी विपद्मा सहयोग जारी राख्ने प्रतिबद्धता

रास्वपा सभापति रवि लामिछाने र चिनियाँ राजदूतबीच भेट, भोटेकोशी विपद्मा सहयोग जारी राख्ने प्रतिबद्धता


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता भएको छ।

बुधबार सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट भएको क्षति, खोज तथा उद्धार र पुनर्निर्माणका विषयमा छलफल भएको बताइएको छ।

भेटका क्रममा चिनियाँ राजदूत मिङले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालको साथमा रहेको भन्दै आवश्यक पर्ने जुनसुकै प्रकारको सहयोग गर्न चीन तयार रहेको बताएका छन्।

विपद् लगत्तै चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आवश्यकता रहेसम्म सहयोग जारी रहने राजदूत मिङको भनाइ थियो।

भेटमा रास्वपा सभापति लामिछानेले विपद्का समयमा चीनले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा समेत सहकार्यलाई थप विस्तार गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, १६ भाद्र बुधबार  ३ : २७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि