२०८३, १६ भाद्र बुधबार

रास्वपा सभापति रवि लामिछाने र चिनियाँ राजदूतबीच भेट, भोटेकोशी विपद्मा सहयोग जारी राख्ने प्रतिबद्धता

रास्वपा सभापति रवि लामिछाने र चिनियाँ राजदूतबीच भेट, भोटेकोशी विपद्मा सहयोग जारी राख्ने प्रतिबद्धता


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता भएको छ।

बुधबार सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट भएको क्षति, खोज तथा उद्धार र पुनर्निर्माणका विषयमा छलफल भएको बताइएको छ।

भेटका क्रममा चिनियाँ राजदूत मिङले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालको साथमा रहेको भन्दै आवश्यक पर्ने जुनसुकै प्रकारको सहयोग गर्न चीन तयार रहेको बताएका छन्।

विपद् लगत्तै चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आवश्यकता रहेसम्म सहयोग जारी रहने राजदूत मिङको भनाइ थियो।

भेटमा रास्वपा सभापति लामिछानेले विपद्का समयमा चीनले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा समेत सहकार्यलाई थप विस्तार गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, १६ भाद्र बुधबार  ३ : २७ बजे

रसुवा बाढी : खोज, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन

काठमाडौं । रसुवा जिल्लामा आएको विनाशकारी बाढीप्रति प्रतिनिधि सभाले गम्भीर चासो

भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले भोटेकोशी नदीमा आएको

प्रचण्डको आरोपः‘सरकार उद्धार र जनपरिचालनमा असफल भयो’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार

भोटेकोशी विपत्तिको कारण खोज्नुपर्नेमा सांसद थापाको जोड

काठमाडौं । नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले भदौ १० गतेको

विपद्मा सत्ता पक्ष र प्रतिपक्ष नभनी एकजुट भएर सामना गरौँ : सांसद आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को समयमा सत्ता