२०८३, १९ आश्विन मंगलबार

सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने निर्णय

सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने निर्णय


काठमाडौं । मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्रमा गठन गरिएको सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्दै लैजाने निर्णय गरेको छ ।

बैठकमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय गर्ने र राजनीतिक दलहरूले आवश्यक सहयोग तथा समर्थन गर्ने विषयमा समेत छलफल भएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार केन्द्रमा सरकार भएजस्तै प्रदेश र स्थानीय तहमा पनि सरकार रहेकाले उद्धार तथा राहतका काममा तीनै तहका सरकारलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय भएको हो ।

उनले भने, ‘केन्द्रमा जुन किसिमले सर्वदलीय संयन्त्र बनायौँ, त्यही किसिमको संयन्त्र तल्लो तहसम्म सम्प्रेषित गर्दै लाने निर्णय भएको छ । संविधान वा कानुनी रूपमा दिइएको विशेष अधिकार प्रयोग गरेर काम गर्ने भन्नेछ । कुनै मुचुल्काका लागि कुनै राजनीतिक दलभन्दा वडा अध्यक्ष नै चाहिन्छ, कानुनी प्रबन्ध पनि त्यही छ । त्यसैले उद्धार र राहतमा तीनै तहको सरकार समन्वय गरेर जनतालाई बढीभन्दा बढी प्रभावकारी राहत र उद्धार कार्य र संगठित प्रयास गर्ने कुरामा होस् भन्ने आजको निर्णय हो ।’

सर्वदलीय बैठकले विपद्को समयमा राजनीतिक दलहरूबीच सहकार्य र समन्वय गर्दै पीडितको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ । ‘पार्टीको ब्याकअप सपोर्ट छ, यसमा कोही पार्टी अलग–अलग छैन । हामी सबैको एउटै कुरा पीडित जनताको साथमा रहनुपर्‍यो । उद्धार र राहतमा संलग्न हुनुपर्‍यो । यसमा कुनै राजनीतिकरण गर्नुपर्ने विषय नै छैन् । यो संवेदनशील विषयमा राजनीतिकरण गर्नु पनि अपराध हो,’ उनले भने ।

प्रकाशित मिति : २०८३, १५ भाद्र मंगलबार  ७ : २८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि