२०८३, १४ भाद्र सोमबार

रसुवा बाढी प्रभावित यातायात श्रमिकको उद्धार र पुनस्र्थापनामा आइटीएफको चासो

रसुवा बाढी प्रभावित यातायात श्रमिकको उद्धार र पुनस्र्थापनामा आइटीएफको चासो



काठमाडौं । अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आइटीएफ) ले रसुवा बाढीबाट प्रभावित यातायात श्रमिकको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि नेपालका यातायात मजदुर संगठन र सरकारसँग समन्वय गरी काम गर्ने जनाएको छ।
आइटीएफमा आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, युनिट्राभ र नेपाल यातायात मजदुर संघसँग भएको भर्चुअल बैठकमा आइटीएफ वल्र्ड कमिटीका उपाध्यक्ष स्कट म्याक्डनिले बाढी प्रभावित श्रमिकको अवस्था पहिचान, खोजी, उद्धार तथा राहतका लागि आवश्यक सहयोग र समन्वय गरिने बताएका हुन्।

उनले आइटीएफ दक्षिण एसियाका सहायक सचिव अब्दुलगानी सेराङलाई तत्काल आवश्यक योजना तयार गर्न पनि आग्रह गरेका छन्। बैठकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले प्रारम्भिक तथ्याङ्कअनुसार ५४४ वटा मालबाहक तथा सार्वजनिक सवारीसाधन क्षतिग्रस्त भएको, करिब ५६३ जना श्रमिक प्रभावित भएको, करिब ५०१ जना संगठनका सदस्यहरु सम्पर्कविहीन भएको, एकजनाको मृत्यु घोषणा भएको र १७ जना श्रमिकहरु संगठनको सम्पर्कमा रहेको उल्लेख गरे । राईले संख्या अझै बढ्न सक्ने अवस्था रहेको उल्लेख गर्दै सम्पर्कविहीन श्रमिकको खोजी, प्रभावित परिवारलाई तत्काल राहत, क्षति तथा प्रभावित श्रमिकको यथार्थ अभिलेख संकलन, दीर्घकालीन पुनस्र्थापना तथा भविष्यमा यातायात श्रमिकलाई विपद्बाट सुरक्षित राख्ने स्थायी नीतिगत प्रणाली निर्माणलाई पाँच प्रमुख प्राथमिकताका रूपमा प्रस्ताव गरिएको थियो ।
युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्रमा काम गरिरहेका आफ्ना ९३ जना सदस्यहरु सम्पर्क विहिन रहेको जानकारी गराए, अन्य बेपत्ता रहेको पराजुलीले बताए ।

त्यस्तै नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले नेपाली यातायात मजदुरहरुको अवस्था भयावह रहेको उल्लेख गर्दै श्रमिकहरुको उद्धारमा सबैमिलेर जुट्नु पर्ने बताए । करिव दुईघण्टा चलेको बैठकमा आइटीएफ वल्र्ड कमिटी सदस्य तथा एनटीयुसीका महासचिव अजयकुमार राई र जिफन्टका महासचिव लक्ष्मण शर्माले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०८३, १४ भाद्र सोमबार  ४ : ०९ बजे

रसुवा बाढी प्रभावित यातायात श्रमिकको उद्धार र पुनस्र्थापनामा आइटीएफको चासो

काठमाडौं । अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आइटीएफ) ले रसुवा बाढीबाट

बाढीपीडितलाई एमालेले १ करोड २० लाख दिने घोषणा, ओलीको प्रश्न-राहत कोषमा पैसा देखाउने कि पीडितको हातमा पुर्‍याउने ?

काठमाडौं । नेकपा एमालेले भोटेकोशीसहित बाढी तथा विपद्बाट प्रभावित नागरिकको

राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले विपद् प्रभावित क्षेत्रमा

कांग्रेस संसदीय दलको निर्णय : बाढीपीडितका लागि सांसदको आधा महिनाको तलब राहत कोषमा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बाढी तथा विपद्बाट प्रभावित

मुख्यमन्त्री सडक र गाउँबस्तीमा, संघीय मन्त्रीहरू हेलिकप्टर र फेसबुकमा

काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनःस्थापनाको चुनौती