२०८३, ९ कार्तिक सोमबार

विपतमा सक्रिय रेडक्रस, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि

विपतमा सक्रिय रेडक्रस, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि


काठमाडौं । रसुवाको भोटेकोसी खोलामा आएको बाढीपछि नेपाल रेडक्रस सोसाइटीले उद्धार, राहत तथा स्वास्थ्य सेवाका लागि कर्मचारी र स्वयंसेवक परिचालन गरेको छ।

बाढी प्रभावित नागरिकलाई थप सहयोग उपलब्ध गराउन नेपाल सरकारसँगको समन्वयमा रेडक्रसले राहत तथा मानवीय सहायता कार्यलाई निरन्तरता दिएको सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले जानकारी दिए।

सरकारले निर्धारण गरेको क्लस्टर प्रणालीअनुसार सेवा प्रवाह भइरहेको र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सहायता उपलब्ध गराइएको उनले बताए।

बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन रेडक्रसले सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत अत्यावश्यक औषधिसहित आवश्यक सामग्री रसुवा पठाएको छ।

विपत्पछि प्रभावित समुदायको आवश्यकता पहिचान गरी सोहीअनुसार राहत तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको रेडक्रसले जनाएको छ।

प्रकाशित मिति : २०८३, १४ भाद्र सोमबार  १२ : १६ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि