२०८३, १९ आश्विन मंगलबार

बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धार अवस्था बुझ्न ऊर्जा मन्त्री श्रेष्ठ स्थलगत निरीक्षणमा

बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धार अवस्था बुझ्न ऊर्जा मन्त्री श्रेष्ठ स्थलगत निरीक्षणमा


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको स्थलगत निरीक्षणमा जाँदैछन्।

मन्त्री श्रेष्ठ आज बिहान ९ बजे स्थलमार्ग हुँदै नुवाकोट पुग्ने र त्यहाँबाट रसुवाका बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

नुवाकोट पुगेपछि मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिनेछन्। विद्युत् सेवा नपुगेका क्षेत्रमा वैकल्पिक ऊर्जाका रूपमा सौर्य प्रणालीको व्यवस्था गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।

मन्त्री श्रेष्ठ त्रिशूलीस्थित बट्टा क्याम्प पुगेर त्यसपछि हेलिकप्टरमार्फत रसुवा जानेछन्। रसुवामा उनले जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा भइरहेको उद्धार कार्य, उद्धारका क्रममा देखिएका कठिनाइ तथा बाढीबाट भएको क्षतिको विवरणबारे जानकारी लिने कार्यक्रम छ।

त्यसपछि मन्त्री श्रेष्ठ नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविर पुग्नेछन्। त्यहाँ उनले उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिनेछन्।

नुवाकोटमा मन्त्री श्रेष्ठले सुरुङमार्गमा फसेका कर्मचारीका परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ।

यस्तै, उनले नेपाल विद्युत् प्राधिकरणका अधिकारी तथा प्राविधिक टोलीसँग छलफल गरी उद्धार, राहत तथा विद्युत् सेवा पुनःस्थापनाका लागि आवश्यक सहजीकरण र निर्देशन दिने सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८३, १४ भाद्र सोमबार  १० : ३५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि