२०८३, ९ कार्तिक सोमबार

इरानमा अमेरिकाको फेरि हमला, होर्मुजलाई लिएर बढ्यो तनाव

इरानमा अमेरिकाको फेरि हमला, होर्मुजलाई लिएर बढ्यो तनाव


काठमाडौं । अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुई सैन्य अखडालाई लक्षित गरी हमला गरेको छ। जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य कारबाही भएको बीबीसीले जनाएको छ।

अमेरिकी अधिकारीका अनुसार इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी)ले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ बिछ्याउने र रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि अमेरिकी सेनाले कारबाही गरेको हो।

बीबीसीका अमेरिकी साझेदार सीबीएस न्युजका अनुसार अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सले उक्त कारबाहीको पुष्टि गरेका छन्।

आईआरजीसीले अमेरिकी हमलामा केही मानिस मारिएको र घाइते भएको जनाएको छ। साथै उसले अमेरिकी हमलाको जवाफमा ‘प्रतिशोधात्मक कारबाही’ गर्ने चेतावनी दिएको छ।

यसबीच इरानी सरकारी सञ्चारमाध्यमले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी हमला गरेको दाबी गरेका छन्। यद्यपि, यसबारे अमेरिकी सेन्ट्रल कमान्डको आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

आईआरजीसीको दाबीपछि जोर्डनको सेनाले आफ्नो वायु रक्षा प्रणालीले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्र खसालेको जनाएको छ।

गत जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए। त्यसपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य हमला हो।

प्रकाशित मिति : २०८३, १४ भाद्र सोमबार  १० : २५ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि