२०८३, १४ भाद्र सोमबार

अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : माधव कुमार नेपाल

अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : माधव कुमार नेपाल


जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देश अहिले संकटमा रहेको बताएका छन् । यस संकटको समयमा सरकारको आलोचना गर्नुभन्दा सरकारलाई आवश्यक सल्लाह सुझाव दिने समय रहेको उनले धारणा राखेका छन् ।

आइतबार जनकपुरधाममा आयोजित एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले सरकारको कामप्रति आफूले नजर राखेको बताए । उनले विषम परिस्थितिमा सरकारलाई समस्या समाधान गर्न आवश्यक सुझाव दिएको जानकारी गराए । हराएका व्यक्तिहरूको खोज तलास गर्न र गाडिएका शवहरू निकालेर आफन्तको जिम्मा लगाउन आफूले सरकारलाई सुझाव दिएको सहसंयोजक नेपालले बताए । उनले भारतमा समेत बगेर शवहरू भेटिरहेको जानकारी गराउँदै सरकारलाई त्यसतर्फ पनि ध्यानाकर्षण गराए । राहत वितरण र समस्यामा परेकाहरूलाई साथ दिन सरकारलाई पार्टीले सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।

सहसंयोजक नेपालले सरकारलाई आगामी दिनहरूमा फेरि पनि यस्तै विपद्को सामना गर्नुपरे त्यसका निम्ति तयार रहन अहिलेदेखि नै बन्दोबस्त गरेर राख्न पनि सुझाव दिए । आफू प्रधानमन्त्री भएको समयमा जलवायु संरक्षण गर्ने उदाहरण प्रस्तुत गर्न सगरमाथामा क्याबिनेटको बैठक बसेको सुनाउँदै सहसंयोजक नेपालले प्रकृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सहसंयोजक नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई वडा स्तरसम्म गएर आफ्नो पार्टीले विगतमा गरेका कामकाजहरूबारे जानकारी गराउन निर्देशन दिए । उनले प्रचारप्रसारमा आफूहरू चुकेको स्विकार्दै अब जनतामाझ गएर आफू र आफ्नो पार्टीले गरेका कामहरू बारे टिपोट गरेर अवगत गराउने बताए ।

प्रकाशित मिति : २०८३, १४ भाद्र सोमबार  ८ : ५४ बजे

बाढीपछि संक्रमण फैलिन सक्ने जोखिम चिकित्सक भन्छन्- ‘अहिलेदेखि तयारी गर्नुपर्छ’

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड,

विकास र वातावरणको अनिवार्य सन्तुलन

आदिम प्रकृति र मानव सभ्यताको अनवरत सहअस्तित्व नै दिगो विकासको

अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : माधव कुमार नेपाल

जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधव

एमाले मधेस प्रदेशले बाढी प्रभावित क्षेत्रमा २०० स्वयंसेवक पठाउने 

बर्दिबास । नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालयको बैठकले रसुवालगायत

आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय पुस्तकालय