काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै छ।
सरकारले विसं २०६५ देखि हरेक वर्ष भदौ १५ गतेलाई राष्ट्रिय पुस्तकालय दिवसका रूपमा मनाउँदै आएको छ। पुस्तकालयको महत्व, पठन संस्कृतिको विकास तथा ज्ञानमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले दिवस मनाउने गरिएको हो।
तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना तथा सञ्चालनसँग सम्बन्धित कानुनमा लालमोहर लगाइएको थियो। सोही ऐतिहासिक घटनाको स्मृतिमा सरकारले भदौ १५ गतेलाई राष्ट्रिय पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको हो।
नेपालमा पुस्तकालयको इतिहाससँग जोडिएको यस दिनलाई ज्ञान, शिक्षा र अध्ययन संस्कृतिको प्रवर्द्धन गर्ने अवसरका रूपमा पनि लिइन्छ। दिवसका अवसरमा विभिन्न पुस्तकालय तथा शैक्षिक संस्थाले पठन संस्कृति प्रवर्द्धन, पुस्तक प्रदर्शनी, अन्तरक्रिया तथा अन्य सचेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेका छन्।







प्रतिक्रिया