रसुवा । बुधबार बिहान भोटेकोशीमा आएको भीषण बाढीले स्याफ्रुबेंसीको स्वरूप नै बदलिदिएको छ। कुनै समय चहलपहलले भरिने बजार अहिले बाढीले छाडेको भग्नावशेष, हिलो र क्षतिग्रस्त संरचनाबीच मौन देखिन्छ।

बाढीको भेलले सडक, पुल, बजार तथा आसपासका बस्तीमा ठूलो क्षति पुर्याएको छ। कतै भत्किएका संरचना छन्, कतै थुप्रिएको ढुंगा–माटो। बाढीको कहरले स्थानीयको दैनिकी मात्रै प्रभावित भएको छैन, वर्षौँको मेहनत र कमाइसमेत एकैछिनमा बगाएको छ। आवतजावतमा कठिनाइ छ। स्थानीयवासी अझै त्रासमा छन्। घरआँगनदेखि व्यापारिक पसलसम्म बाढीको निशान देखिन्छ। तर, यही विनाशबीच पनि स्थानीयहरू आफ्नो थातथलो सम्हाल्दै फेरि सामान्य जीवन फर्काउने प्रयासमा छन्।
स्याफ्रुबेंसीका यी दृश्य केवल क्षतिको विवरण होइनन्प्र-कृतिको एक झट्काले मान्छेको जीवनमा कति ठूलो असर पार्न सक्छ भन्ने पीडादायी दस्तावेज हुन्। बाढीपछि स्याफ्रुबेंसीमा देखिएको अवस्था बोल्दैन, तर यहाँका हरेक भग्न संरचना र हरेक दृश्यले विनाशको कथा सुनाइरहेका छन्।
तस्बिरमा हेर्नुहोस् – बाढीपछि स्याफ्रुबेंसीको कहालीलाग्दो अवस्था।










प्रतिक्रिया