२०८३, ७ कार्तिक शनिबार

बाढीपछि स्याफ्रुबेंसी : जहाँ हरेक दृश्यले विनाशको कथा बोल्छ : तस्बिरमा हेर्नुहोस् बाढीपछि स्याफ्रुबेंसी

बाढीपछि स्याफ्रुबेंसी : जहाँ हरेक दृश्यले विनाशको कथा बोल्छ : तस्बिरमा हेर्नुहोस् बाढीपछि स्याफ्रुबेंसी


रसुवा । बुधबार बिहान भोटेकोशीमा आएको भीषण बाढीले स्याफ्रुबेंसीको स्वरूप नै बदलिदिएको छ। कुनै समय चहलपहलले भरिने बजार अहिले बाढीले छाडेको भग्नावशेष, हिलो र क्षतिग्रस्त संरचनाबीच मौन देखिन्छ।

बाढीको भेलले सडक, पुल, बजार तथा आसपासका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। कतै भत्किएका संरचना छन्, कतै थुप्रिएको ढुंगा–माटो। बाढीको कहरले स्थानीयको दैनिकी मात्रै प्रभावित भएको छैन, वर्षौँको मेहनत र कमाइसमेत एकैछिनमा बगाएको छ। आवतजावतमा कठिनाइ छ। स्थानीयवासी अझै त्रासमा छन्। घरआँगनदेखि व्यापारिक पसलसम्म बाढीको निशान देखिन्छ। तर, यही विनाशबीच पनि स्थानीयहरू आफ्नो थातथलो सम्हाल्दै फेरि सामान्य जीवन फर्काउने प्रयासमा छन्।

स्याफ्रुबेंसीका यी दृश्य केवल क्षतिको विवरण होइनन्प्र-कृतिको एक झट्काले मान्छेको जीवनमा कति ठूलो असर पार्न सक्छ भन्ने पीडादायी दस्तावेज हुन्। बाढीपछि स्याफ्रुबेंसीमा देखिएको अवस्था बोल्दैन, तर यहाँका हरेक भग्न संरचना र हरेक दृश्यले विनाशको कथा सुनाइरहेका छन्।

तस्बिरमा हेर्नुहोस् – बाढीपछि स्याफ्रुबेंसीको कहालीलाग्दो अवस्था।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ११ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना