२०८३, २६ आश्विन मंगलबार

पर्दा झर्दैछ नाडा अटो शो–२०२६ मा, तर छाड्दैछ नयाँ यात्राको छाप (तस्बिरमा हेर्नुहोस्)

पर्दा झर्दैछ नाडा अटो शो–२०२६ मा, तर छाड्दैछ नयाँ यात्राको छाप (तस्बिरमा हेर्नुहोस्)


काठमाडौं । पाँच दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा सवारीप्रेमी, व्यवसायी र आम दर्शकको ध्यान तानेको १८औँ नाडा अटो शो–२०२६ अब समापनको क्षणमा पुगेको छ। मंगलबारदेखि सुरु भएको अटो शोमा नयाँ सवारी हेर्ने उत्साह मात्र थिएन, भोलिको नेपाली अटो बजार कस्तो बन्दैछ भन्ने झल्को पनि थियो। चम्किला गाडी, विद्युतीय सवारी, नयाँ प्रविधि र आकर्षक अफरले आज अन्तिम दिन प्रदर्शनीस्थललाई व्यस्त बनायो ।

यस वर्ष दुईपांग्रे, प्यासेन्जर कार र कमर्सियल गरी ५३ ब्रान्ड सहभागी भए। अटो कम्पोनेन्ट, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायतका २०० भन्दा बढी स्टल ले प्रदर्शनीलाई थप फराकिलो बनाएका थिए। अटो शो अवधिमा दुईपांग्रे र चारपांग्रे गरी करिब दुई दर्जन नयाँ मोडल सार्वजनिक भए। नेपालमा करिब आधा दर्जन नयाँ अटो ब्रान्डले समेत बजार प्रवेश गरे। विशेषगरी नेपालमै बनेको पहिलो इलेक्ट्रिक स्कुटर ‘यात्री’ को सार्वजनिकले स्वदेशी उत्पादनप्रतिको सम्भावना र आत्मविश्वासलाई समेत उजागर गर्‍यो।

तर, अटो शोको यो यात्रा सधैं उत्सवमय मात्र रहेन। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बीचका दिनमा प्रदर्शनीको चहलपहल केही प्रभावित भयो। देशका केही भूभाग प्राकृतिक विपत्तिमा परिरहँदा पनि अटो क्षेत्रले आफ्नो गतिविधिलाई निरन्तरता दियो। अन्तिम दिन आइपुग्दा भृकुटीमण्डपमा फेरि दर्शकको चहलपहल देखिएको छ। कसैका लागि नयाँ गाडी हेर्ने अवसर, कसैका लागि सपनाको सवारी नजिकबाट नियाल्ने क्षण त कसैका लागि व्यापार र सम्भावनाको नयाँ ढोका-नाडा अटो शो सबैका लागि आ–आफ्नै अर्थ बोकेर आएको छ।

अब केही घण्टापछि प्रदर्शनीका स्टलहरू बन्द हुनेछन्, बत्तीहरू निभ्नेछन् र भृकुटीमण्डप फेरि सामान्य अवस्थामा फर्कनेछ। तर, नाडा अटो शो–२०२६ ले नेपाली अटो बजारमा जगाएको उत्साह, विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षण र नयाँ प्रविधिको सम्भावनाले भने एउटा कुरा स्पष्ट पारेको छ—नेपाली अटो बजार अब नयाँ यात्रातर्फ अघि बढिरहेको छ।

पर्दा झर्दैछ, तर यात्रा रोकिएको छैन…

–अमिता ठकुरी

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ११ : १६ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका