२०८३, १९ आश्विन मंगलबार

‘बर्ड फ्लु लागेका कुखुराजस्तो शव गाडिनु दुर्भाग्यपूर्ण’ : महेश बस्नेत

‘बर्ड फ्लु लागेका कुखुराजस्तो शव गाडिनु दुर्भाग्यपूर्ण’ : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नागरिकको शव पहिचान गरी सम्मानपूर्वक परिवारलाई जिम्मा लगाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले आफ्नै देशका सयौँ नागरिकको शव पहिचान गरी परिवारलाई जिम्मा लगाउन नसक्नु राज्यको गम्भीर असफलता भएको बताएका हुन्। उनले गाजाबाट विपिन जोशीको शव आफ्नै घरको आँगनसम्म ल्याउन सकिने अवस्था देखिएको तर नेपालमै बाढीपहिरोमा ज्यान गुमाएका सयौँ नेपालीको शव पहिचान गरेर परिवारलाई बुझाउन नसकिएको भन्दै सरकारसँग प्रश्न गरेका छन्। चितवनमा संकलित २३३ शवमध्ये २२९ शव पहिचान हुन नसकी जमिनमुनि व्यवस्थापन गर्नुपर्ने अवस्था अत्यन्तै पीडादायी र संवेदनहीन भएको बस्नेतको भनाइ छ।

‘सरकार यति निरीह र संवेदनहीन किन भएको हो?’ भन्दै उनले प्रश्न गरेका छन्। बस्नेतले राज्यले नागरिकको शवप्रति समेत उचित संवेदनशीलता देखाउन नसकेको टिप्पणी गर्दै भनेका छन्, ‘नेपाली नागरिकलाई बर्ड फ्लु लागेका कुखुराजस्तो व्यवहार गर्नु दुर्भाग्यपूर्ण हो।’ उनका अनुसार विपत्तिमा ज्यान गुमाएका प्रत्येक नागरिकको पहिचान गर्नु र शवलाई सम्मानपूर्वक परिवारको जिम्मा लगाउनु राज्यको न्यूनतम दायित्व हो।

शव पहिचानका लागि आवश्यक डीएनए परीक्षणलगायतका काममा सरकारले पर्याप्त स्रोत परिचालन गर्नुपर्ने बताउँदै बस्नेतले प्रधानमन्त्री राहत कोषमा रहेको रकममध्ये आवश्यक हिस्सा यस कार्यमा खर्च गर्न सकिने बताएका छन्।

उनले पीडित परिवारलाई आफ्ना आफन्तको शव अन्तिमपटक हेर्ने, पहिचान गर्ने र धार्मिक तथा सामाजिक संस्कारअनुसार अन्त्येष्टि गर्ने अधिकारबाट राज्यले वञ्चित गर्न नहुने बताएका छन्। ‘आफन्त गुमाउनुको पीडा त छँदैछ, कम्तीमा अन्तिमपटक शव हेरेर संस्कार गर्ने अधिकारबाट समेत परिवारलाई वञ्चित नगरियोस्,’ बस्नेतको जोड छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  १२ : ४९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि