रसुवा । गोसाइँकुण्डबाट फर्किएका यात्रुहरू सडकमार्ग अवरुद्ध भएपछि रसुवाको धुन्चेमा उद्धारको प्रतीक्षामा छन्।
बाढी र पहिरोका कारण सडकमार्ग अवरुद्ध हुँदा गोसाइँकुण्ड क्षेत्रबाट फर्किएका यात्रुहरूलाई तल झर्न समस्या भएको हो। सडकमार्गबाट सुरक्षित रूपमा आउन सक्ने अवस्था नरहेपछि उनीहरू धुन्चेस्थित नेपाली सेनाको ब्यारेकमा पुगेका छन्। यात्रुहरूलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने क्रम जारी छ। उद्धारका लागि पुगेका यात्रुहरू आफ्नो पालो पर्खिँदै सेनाको ब्यारेकमा बसेका छन्।

बाढी तथा पहिरोका कारण रसुवाका विभिन्न सडकखण्ड अवरुद्ध भएपछि गोसाइँकुण्ड जाने–आउने यात्रु प्रभावित भएका छन्। उद्धारका लागि हेलिकोप्टर परिचालन गरिए पनि यात्रुको संख्या बढी भएकाले सबैलाई तत्कालै उद्धार गर्न कठिनाइ भइरहेको छ।









प्रतिक्रिया